२५ असार हेटौंडा । डिभिजन सहकारी कार्यालय मकवानपुरले हेटौाडा नगरपालिमा सञ्चालनमा रहेका १ सय ५१ वटा बचत तथा ऋण सहकारी संस्थामध्ये ६० वटा सहकारी संस्थाको अनुगमन सम्पन्न गरेको छ ।
कार्यालयले जिल्लामा नियमित सञ्चालनमा नरहेका ३६ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । मकवानपुरमा अहिले ५ सय ७२ वटा सहकारी संस्था दर्ता भएकामध्ये ४ सय ७० वटा सहकारी संस्था नियमित सञ्चामा रहेका छन् ।
अनुगमन गरिएको सहकारी संस्थामध्ये २५ वटा सहकारी संस्थाको दैनिक आर्थिक कारोबार, ऋण लगानी पारदर्शी नहुनुका साथै लेखापरीक्षण नगरिएकाले ती संस्थालाई कार्यालयमा बोलाई सजग गराइएको छ ।