Comments Add Comment

फिल्म नगरीका आमाहरु, सुन्दरी को ?

arunima-and-sanchita-in-lehenga
अभिनेत्रीद्धय अरुणिमा लम्साल र संचिता लुइटेल

छोराछोरीलाई जन्म दिएपछि पनि नायिकाहरु आफ्नो करिअर अगाडि बढाउन शारीरिक रुपमा तन्दुरुस्त हुन खोज्छन् । जसका कारणले पनि उनीहरुले निरन्तर चलचित्र बजारमा आफ्नो दबदबा कायम राख्न सक्छन् ।

चलचित्र क्षेत्रमा पनि यस्तै आमा नायिकाहरु छन्, जो आफूलाई मेन्टेन गर्न अब्बल छन् । एक छोरीकी आमा झरना थापा सधै जसो नै कार्यक्रममा आकर्षक देखिन्छिन् । नायिका अरुणिमा लम्साल पनि सार्वजनिक कार्यक्रममा धेरै देखिन्छिन् । सिनेमाको गतीमा पछि परेपनि सार्वजनिक कार्यक्रममा आकर्षक बनेर पुग्ने नायिका हुन्, अरुणिमा । नायिका संचिता लुइटेलको त २ सन्तान छन् ।

केही समयअघि सम्म शरीर मोटाएपछि संचिता सार्वजनिक कार्यक्रममा कमै मात्र देखिन्थिन् । तर हिजोआज उनले पनि आफूलाई आकर्षक बनाएकी छिन् । यसैले पनि चलचित्रको पर्दामा हराएपनि उनी सार्वजनिक कार्यक्रममा धेरै देखिन्छिन् ।

रेखा थापाले निर्माता छविराज ओझासाग डिभोर्स गरेकी हुन् । तर उनी आफूलाई अविवाहित नै बताउँदै आएकी छिन् । अविवाहित नायिकाहरु सुमिना घिमिरे, दीपाश्री निरौला पनि नायक श्रीकृष्ण श्रेष्ठको विहे पार्टीमा देखिएका थिए । तपाइलाई कुन नायिका र कसको पहिरन आकर्षक लाग्यो, प्रतिक्रिया दिनुहोला ।

अभिनेत्री झरना थापा
अभिनेत्री झरना थापा
अभिनेत्री सुमिना घिमिरे
अभिनेत्री सुमिना घिमिरे

nepali-heroin

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment