Comments Add Comment

वामदेवलाई प्रहरीले नटेरेको सुजाताको गुनासो

२५ असार, बिराटनगर । कांग्रेस नेतृ सुजाता कोइरालाले यो देश कसले चलाइरहेको भन्ने आफूलाई थाहा नभएको बताएकी छन् । प्रहरीले देशैभरि कांग्रेस कार्यकर्तामाथि धरपकड गरिरहेको भन्दै नेतृ कोइरालाले गृहमन्त्री वामदेव गौतमको समेत आलोचना गरेकी छन् ।

‘यो देश कसले चलाइरहेको छ, मलाई थाहा भएन, कुन अदृश्य शक्तिले देश चलाइरहेको छ ?’ बुधबार बिराटनगर पुगेकी नेतृ कोइरालाले पत्रकारसँग कुरा गर्दै भनिन्-‘ देशैभरि हाम्रा कार्यकर्तालाई प्रहरीले पक्राऊ गरिरहेको छ, गहृमन्त्री वामदेव गौतमले भन्दा पनि प्रहरीले टेर्दैन ।’

सुनसरीका सिजन गुरुङलाई प्रहरीले गिरफ्तार गरेपछि आफूले अमेरिकामा रहेका प्रधानमन्त्री सुशील कोइरालालाई फोन गरेर रिहाइका लागि भनेको कोइरालाले सुनाइन् । प्रधानमन्त्री कोइरालाले वामदेव गौतमलाई भन्न आग्रह गरेपछि आफूले सिजनलाई छुटाउन गौतमलाई भन्दा गृहमन्त्रीको आदेश प्रहरीले नमानेको कोइरालाले गुनासो पोखिन् ।

सभासदलाई पाँच करोड दिनु हुँदैन

कांग्रेस नेतृ कोइरालाले सभासदहरुलाई पाँच करोड दिँदा भ्रष्टाचार बढ्ने बताइन् । स्थानीय निकायसमेत नभएका बेला सभासदलाई विकासका नाममा पाँच करोड दिँदा त्यसको सदुपयोग हुन नसक्ने भन्दै कोइरालाले सभासदलाई रकम दिन नहुने बताइन् ।

सभासद कोइराला बिराटनगरमा गिरिजाप्रसाद कोइरालाको स्मरणमा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन बुधबार बिहान बिराटनगर विमानस्थलमा ओर्लेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment