Comments Add Comment

अमित शाह भारतीय जनता पार्टीको नयाँ अध्यक्ष घोषित

amit-shah

२५ असार, काठमाडौं । अमित शाह भारतीय जनता पार्टीको अध्यक्ष बनेका छन् । भाजपा अध्यक्ष राजनाथ सिंहले प्रधानमन्त्री मोदी निकटका शाहलाई नयाँ पार्टी अध्यक्ष बनाएको घोषणा गरेका हुन् । सिंह मोदी सरकारका गृहमन्त्री हुन् ।

पदत्याग गर्दै सिंहले शाह कल्पना शक्तिको धनी भएको र उनको संगठनात्मक शक्ति सराहनीय भएको बताए । आडवाणी र अटलविहारी बाजपेयीले भापजालाई भारतीय राजनीतिमा नयाँ उचाई दिएको भन्दै उनले हालै भएको लोकसभा चुनावमा पाएको जितको श्रेय मोदी र भाजपाका वरिष्ठ सहयोगीलाई दिने बताए ।

उनले भनेका छन्-‘मैले अध्यक्ष पदबाट राजीनामा दिएको छु र पार्टीले सर्वसम्मत रुपमा अमित शाहलाई नयाँ अध्यक्ष नियुक्त, गरिएको छ । आजबाट शाह भाजपाको अध्यक्ष हुन् ।’ राजनाथ सिंहले शाहलाई माला लगाइदिँदै सबै पार्टी सदस्यको तर्फबाट समर्पित गरेको बताए । लगतै मोदी र राजनाथले शाहलाई मिठाइ खुवाए ।

मञ्चमा सुषमा स्वराज र आडवाणी पनि थिए । अध्यक्ष घोषित भएपछि शाहले आडवाणीको गोडा छुएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment