Comments Add Comment

पत्रकारको अनशनलाई एमाओवादीको समर्थन

२५ असार, काठमाडौं । तीनदिनदेखि सूचना विभागमा अनसनरत पत्रकारहरुले उठाएका मागप्रति एमाओवादीले ऐक्यवद्धता जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष लोक कल्याणकारी विज्ञापनमा बढेको २५ प्रतिशत रकम भुक्तानी पाउनुपर्ने लगायतका माग राखेर पत्रकारहरु आन्दोलनरत छन् । बाबुराम सरकारका पालामा ल्याइएको ल्याएको समानुपातिक विज्ञापन नीति तत्काल कार्यान्वयन गर्नुपर्ने साथै श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखेर पत्रकार सूचना विभागमा अनशनरत प्रारम्भ गरेका हुन् ।

पत्रकारका मागहरु तत्काल पूरा गर्न सरकारसँग माग गर्दै एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले बुधबार प्रेस विज्ञप्ति जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment