Comments Add Comment

‘सहकारी अभियानमा नलाग्ने सहकारी संस्थामा समस्या’

२५ असार काठमाडौं । सभासद एवं राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारी अभियानमा संलग्न नभएका सहकारी संस्थामा मात्र समस्या देखिएको बताएका छन् ।

बुधबार राष्ट्रिय सहकारी बैंकको ११ औं वाषिर्कउत्सवमा बोल्दै बडालले सहकारी अभियानमा आवद्ध नभई संचालन भएका सहकारीको कारण सिंगो अभियान नै बदनाम भएको बताए ।

‘डेढ सय वटा सहकारीमा समस्या आउदा अभियानमा आवद्व तीन वटा संस्थामात्र परेका छन्’ बडालले -अभियानमा आवद्व नहुने र ऐन नियम मिचेर आफुखुसी चलाएका संस्थाका कारण सहकारी अभियान नै बदनाम भएको छ ।’

सहकारीमा समस्या छ भन्ने देख्दादेख्दै पनि नियामक निकाय चुप लागेर बस्दा समस्या बढ्दै गएको उनको भनाई थियो । सहकारीको विकासका लागि राज्यको अहिलेको लगानी अपुग भएको भन्दै यसलाई बढाउनु पर्ने बडालले बताए ।

सहकारीकर्मीसमेत रहेकी सभासद् ओमदेवी मल्ल जोशीले देश विकासका लागि सहकारीको विकास आवश्यक भएको बताइन् । त्यसैगरी नेपाल मौरीपालन केन्द्रीय सहकारी संघका अध्यक्ष गणेश बस्नेतले सहकारी बैंकले उत्पादन क्षेत्रमा विषेश प्राथमिकता दिएर लगानी गर्नुपर्ने बताए ।

२०६० साल असार २५ गते स्थापना भएको बैंकमा हालसम्म ७३ जिल्लाका ७ हजार सहकारी संघसंस्था आवद्व भएका छन् । बैंकले २०६७ सालदेखि नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ कारोबार गर्ने अनुमति पाएको थियो ।

कार्यक्रममा प्रमुख अथितिको रुपमा अर्थमन्त्री डा. रामशरण महत र विषेश अतिथि राष्ट्र बैंकका गभर्नरलाई बोलाइएको भए पनि उनीहरु दुवै उपस्थित भएनन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment