Comments Add Comment

थाइल्याण्डमा विकिनी लगाउने हिरोइन भन्छिन्-‘ म विपासा जस्ती’

rijju-and-niraj

संचार क्षेत्रमा आवद्ध रहेकी रिज्जु श्रेष्ठ अहिले चलचित्र स्टूपिड मन मार्फत सिने नगरीमा प्रवेश गर्दैछिन् । यो चलचित्रमा उनी निर्माता समेत रहेका नायक निरज बरालसँगको बिपरित भूमिकामा देखिएकी छिन् । यो चलचित्रबाट उनले खुबै आशावादी रहेको बताएकी छिन् । यस्तै चलचित्र ठूलीमा रिज्जु नायक जीवन लुइटेलको प्रेमिकाको रुपमा देखिदैछिन् ।

तपाई त बलिउड नायिका विपशा वासु जस्तै देखिनुहुन्छ नि ?

मलाई त खासै यस्तो लाग्दैन । तर साथीहरुले भनेपछि भने आफूलाई पनि लाग्न थालेको छ ।

 चलचित्र प्रदर्शन अगावै तपाई यती धेरै चर्चामा हुनुहुन्छ, आखिर कारण के हो जस्तो लाग्छ ?

म एक प्रतिष्ठित मिडिया हाउसमा काम गरेकाले पनि दर्शकले मलाई चिन्नुहुन्छ । मेरो डेब्यू चलचित्र स्टूपिड मनका निर्माण यूनिटले पनि मेरो अभिनयलाई खुबै मन पराउनु भएको थियो । यसकारण पनि मैले सिनेमा चल्नु भन्दा अघि ठूलीमा काम गर्ने अवसर पाए । निर्माण यूनिटका साथीहरुले कुरा गरेकाले पनि चर्चा धेरै भएको हुनसक्छ ।

चलचित्रको अभिनयको क्रममा के सिक्नु भयो ? अनि चलचित्र क्षेत्रमा हुने बजार हल्ला जस्तै पाउनु भयो की फरक ?

म मेरो डेब्यू चलचित्र ‘स्टूपिड मन’मा २० जना प्रतिस्पर्धिहरुबाट छनौंटमा पर्न सफल भएकी हुँ । मैले यसबाट निर्धक्क प्रयाश गरे सफलताको नजिक पुग्न सकिने रहेछ भन्ने शिक्षा पनि प्राप्त गरें । चलचित्र छायाँकनको प्रारम्भमा करिब एक हप्ताको वर्कसपबाट अभिनय र कला सम्बन्धि विषयमा ज्ञान आर्जन गर्दै क्षमताको विकास गर्ने अवसर पनि पाएँ । जहाँ सम्म नेपाली चलचित्र क्षेत्रको बारेमा बजारमा नकारात्मक हल्ला छ, त्यसलाई म त “आफु भलो त जगत भलो” भन्ने ठानेको छु ।

तपाईहरु जस्तो राम्रो शैक्षिक योग्यता अनि क्षमता भएकाहरुका लागि नेपाली चलचित्र क्षेत्र कतिको फलिफाप हुन सक्ला भन्ने ठान्नु भएको छ ?

शैक्षिक योग्यता हुनु सबै क्षेत्रका लागि आवश्यक नै भैसक्यो । नेपाली चलचित्र क्षेत्रलाई सभ्य र ब्यवस्थित बनाउन पनि योग्य र क्षमता भएकाहरुको प्रवेश अत्यावश्यक भइसकेको छ भन्ने ठानेको छु । यस क्षेत्र, क्षणिक लहड र सेलिब्रेटी बन्न चाहनेहरुको भिडले गर्दा पनि बदनाम भइरहेको छ । खास गरी आˆनो समाजीक परिस्थितीलाई आत्मसाथ गर्दै नेपाली कलासंस्कृतिको जर्गेनाका लागि निरन्तर लागि पर्ने दृढता नेपाली कलाकारहरुमा हुनु पर्ने आवश्यकता मैले देखेको छु । पछिल्लो समयमा आएर नेपाली चलचित्र निर्माणमा आधुनिक प्रविधिहरुको प्रयोग बढ्दो अवस्थामा रहेको छ । यस क्षेत्रमा सुझबुझ भएका, सम्बन्धित क्षेत्रकै शैक्षिक योग्यता प्राप्त गरेका र अनुभवी कलाकर्मी साथै प्राविधिकहरुको राम्रो जमघट पनि बढ्दो छ । राम्रा कथावस्तुहरु र राम्रै लगानीमा निर्माण भएका चलचित्रहरुले राम्रो आम्दानी गर्न सकेका पनि छन । तसर्थ नेपाली चलचित्र क्षेत्रको सिमित ब्यक्तिहरुका कारण बदनाम भएतापनि सबै समर्पित कलाकर्मी र सम्बन्धित प्राविधिकहरु कै लागि यस क्षेत्रमा भविष्य भने राम्रो देखेकी छु । अब आउँदा दिनहरुमा चलचित्रकर्मीहरुका लागि यो क्षेत्र फलिफाप नै हुने आशा लिएको छु ।

चलचित्रमा प्रयोग हुने ग्ल्यामर्सका कारण पनि नेपाली चलचित्र बदनाम हुँदैछ र बजार समेत खस्कँदो छ भन्निन्छ नी ?

ग्ल्यामर भनेको चलचित्रको प्रमुख विशेषता हो या भनौ मुख्य अंग हो । चलचित्र भनेको पुर्ण मनोरञ्जनको साधन पनि हो । ग्ल्यामरका कारण नै नेपाली चलचित्रको बजार खस्कँदो रहेको भन्नेमा म चाहिँ विश्वास गर्दिन । ग्ल्यामरकोे नाममा अनावश्यक र भड्किलो प्रस्तुतीका कारण भने यस्तो अवस्था देखा परेको हुनसक्छ । हामीले बुझ्नु पर्ने कुरा कहाँ बाँकी छ भने चलचित्रमा प्रयोग हुने ग्ल्यामरलाई आकर्षक बनाउन स्वभाविक प्रस्तुतीको खाँचो छ ।

 

प्रस्तुती : राजेन्द्र कार्की

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment