Comments Add Comment

नेदरल्याण्डका प्रशिक्षक भन्छन्-अर्जेन्टिनाले पहिले गोल गरे हाम्रो ढोका बन्द

Dutch-team

विश्वकप फुटबलमा नेदरल्याण्डलाई अभागी टोलीका रुपमा चिनिन्छ । तीन पटक फाइनल खेलेर पनि डच टोलीले विश्वकपको ट्रफी उचाल्न पाएको छैन ।

ब्राजिलमा चार वर्ष अघिको विजेता स्पेनलाई ५-१ ले हराउँदै विश्वकप यात्रा थालेको नेदरल्याण्डले नेपाली समय अनुसार बिहीबार विहान १:४५ मा लिओनल मेस्सीको अर्जेन्टिनासँग सेमिफाइनल खेल्दैछ । डच टोली विश्व च्याम्पियन बन्ने सम्भावना जिवितै राख्न अर्जेन्टिनी स्टार लिओनल मेस्सीको टोलीलाई पन्छाउन चाहन्छ ।

कुशल रणनीतिकार नेदरल्याण्डका प्रशिक्षक लुइज भान गालले अर्जेन्टिनाविरुद्ध पहिले गोल गर्ने रणनीति बनाएका छन् । ‘मेस्सी धेरै महत्वपूर्ण खेलाडी हुन् । हाम्रो टिममा पनि भानपर्सी, आर्जेन रोविन, स्नाइडर जस्ता खेलाडी छन्’ उनले भनेका छन्-‘हामीले अर्जेन्टिनाविरुद्ध खेल्नुछ । मेस्सीविरुद्ध खेल्नुछ । मेस्सीलाई बल दिनु हुँदैन र गोल गर्न पनि । मलाई विश्वास छ मेरो टिमले यो काम गर्नेछ ।’

अर्जेन्टिनाले निकै संगठित खेल खेल्ने गरेको भन्दै उनले भनेका छन्-‘अर्जेन्टिनासँग मेस्सी मात्र छैन, गोल गर्न एग्युरो, प्लासिओ जस्ता खेलाडी पनि छन् । यो खतरनाक टिम हो । जब उनीहरुले अग्रता लिन्छन्, जुन सुकै विपक्षीका लागि पनि ढोका बन्द हुन्छ । त्यसैले हामीले पहिले गोल गर्नु राम्रो हुन्छ ।’

Alejandro-Sabella

भानगालको भनाइबाट प्रष्ट हुन्छ कि मेस्सी अन्य खेलहरुमा जस्तै विपक्षी खेलाडीको घेरामा हुनेछन् । तर, ब्राजिल-विश्वकपमा उत्कृष्ट लयमा रहेका उनलाई रोक्न सजिलो छैन ।

उसो त नेदरल्याण्डका आर्जेन रोबिन पनि मेस्सीभन्दा कम फर्ममा छैनन् । उनी विश्वका खतरनाक विङ्गर हुन् । उनलाई रोक्न रक्षक रोजोसहितका अर्जेन्टिनी खेलाडीहरूलाई त्यही सहज हुने छैन । दोहोरो पहँलो कार्डका कारण स्विट्जरल्याण्डविरुद्ध क्वाटरफाइनल गुमाएका रोजोले नेदरल्याण्डविरुद्ध मैदान उत्रने छन् ।

नेदरल्याण्डका रोविन भानपर्सी खेल्नेमा शंका छ । उनको पेटमा समस्या देखिएको छ । भान गालले भनेका छन्-‘म रिस्क लिन चाहन्न’ उनले भनेका छन्-‘उनी महत्वपूर्ण खेलाडी हुन् । सैद्धान्तिक रुपमा म चाहन्छु कि मेरो क्याप्टेन खेलोस् तर, यदि पूर्ण फिट भए मात्र ।’

दुई ठूला टोलीबीचको खेलको परिणाम अनुमान लगाउन सजिलो छैन । तर, ब्राजिल र जर्मनीबीचको खेलमा जस्तो कुनै एक टोलीले गोलको वर्षा गर्दैन भन्ने सकिन्छ ।

अर्जेन्टिनाको जितले दक्षिण अमेरिकी टोली च्याम्पियन बन्ने सम्भावना रहन्छ र फाइनल भिडन्त युरोप भर्सेज दक्षिण अमेरिका हुनेछ । नेदरल्याण्डको जितले भने दक्षिण अमेरिकी भूमिमा पहिलो पटक युरोपियन देश विश्व च्याम्पियन बन्ने पक्का हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment