Comments Add Comment

सौतेनी आमाद्वारा नावालकको हत्या प्रयास

निमुसंगम घर्ती

२५ असार, दाङ । दुई नाबालकलाई हत्या प्रयास गरेको भन्दै दाङको भालवाङमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लालमटिया ४ कटेज नालाकी रीता कुमालले श्रीमान बलबहादुर कुमाल घर नभएको मौका छोपी बुधबार विहान ९ बर्षीया संगिता र ६ बर्षीय विमललाई राप्ती नदीको नहरमा डुवाउन खोजेकी थिइन् । रीताले दुबैलाई नहरमा डुवाएर भागेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए ।

रीतालाई इलाका प्रहरी कार्यालय भालुवाङले निन्त्रणमा लिएको दाङका प्रहरी प्रमुख एसपी शरदकुमार खत्रिले जानकारी दिए । रीताविरुद्ध ज्यान मार्ने उद्योग अन्तरगतको मुद्धा चलाइने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment