Comments Add Comment

वैज्ञानिक भन्छन् : स्याउले बढाउँछ महिलाको यौन सन्तुष्टि

नियमित रुपमा स्याउ खाँदा महिलाको यौनेच्छामा वृद्धि हुनुका साथै सहवासबाट हुने चरमसुखमा समेत वृद्धि हुने तथ्य पत्ता लागेको छ ।

इटालीमा गरिएको अध्ययनले दैनिक रुपमा कम्तिमा पनि एक दाना स्याउ खाने महिलामा यौनक्रिडाबाट हुने सन्तुष्टिमा वृद्धि हुने तथा यौनांगका रक्तनलीमा रक्तप्रवाहमा वृद्धि हुने तथ्य पत्ता लगाएको हो ।

apple

 स्याउमा हुने पोलीफेनोल्स तथा एन्टी अक्सिडेन्ट जस्ता तत्वहरुका कारण यसले महिलाहरुको यौन क्षमतामा बढोत्तरी गर्न सहयोग पूराउने शोधकर्ताहरुको दाबी छ ।

अध्ययनका क्रममा १८ देखि ४३ वर्ष उमेरका ७ सय ३१ जना इटालियन महिलाहरुलाई सहभागि गराइएको थियो ।

त्यसक्रममा उनीहरुलाई विभिन्न खाले प्रश्नावली रहेको महिला यौनिक कार्य सूचक फाराम भर्न दिइएको थियो । त्यसमा यौनसम्पर्कको पटक, चरम आनन्द, यौनरस तथा समग्रमा यौन सन्तुष्टि लगायतका विषयका विभिन्न खाले प्रश्नहरु थिए ।

त्यसक्रममा दिनहुँ १-२ दाना स्याउ खाने महिलाहरुमा सम्भोगका बेला पर्याप्त यौनरस निस्कनुका साथै समग्र यौन कार्य सन्तोषजनक हुने पाइयो ।

आर्काइभ अफ गाइनेकोलोजी एण्ड अब्स्टेटि्रक्स नाम जर्नलमा छापिएको रिपोर्ट अनुसार स्याउमा फ्लोरिजिन नामक तत्व हुन्छ जुन एक फाइटो इस्ट्रोजेन हो । यो महिलाको यौन उत्तेजनासँग सम्बन्धित हर्मोन इस्ट्राडायल जस्तै हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment