Comments Add Comment

‘पाँच करोड’को विरोधमा कांग्रेस नेता सडकमा उत्रने

२५ असार, काठमाडौं । सभासदहरुले प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोड बजेट छुट्याउन माग गरिरहेका बेला सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुले रत्नपार्कमा विरोध प्रदर्शनको तयारी गरेका छन् ।

कांग्रेस नेता लोकेश ढकालको नेतृत्वमा विहीबार अपरान्ह ५ बजे रत्नपार्कको शान्तिवाटिकामा पाँच करोड प्रकरणको विरोधमा प्रदर्शन गर्न लागिएको हो । नेपाली का्रंग्रेसभित्रकै ठूलो शक्तिले पाँच करोड बजेट छुट्याउन अर्थमन्त्रीलाई दबाब दिइरहेका सत्तारुढ दलका नेताहरु सडकमा ओर्लने निश्कर्षमा पुगेका हुन् ।

पाँच करण प्रकरणको चर्को विरोध गर्दै कांग्रेस नेता ढकालले भनेका छन्-‘आफै योजना बनाउने र छनोट गर्ने भूमिका खोज्दै ५ करोडको माग गर्नु संसदीय प्रजातन्त्रको मूल्य-मान्यता र शक्ति पृथकीकरणको सिद्धान्त विपरित भएकोले राज्यको ढुकुटीको स्वेच्छाचारी लुटलाई रोक्न आम जनता बेलैमा सचेत हुन जरूरी भएको छ ।’

महालेखा परीक्षकको प्रतिवेदनले नै सांसद विकास कोषमा व्यापक हिनामिना भएको औंल्याइसकेको सन्दर्भमा सांसद विकास कोषमा पाँच करोड माग्नु गलत भएको ढकालको तर्क छ । तर, नेपाली कांग्रेसकै ब्यानरबाट सडकमा विरोध प्रदर्शन गर्दा सत्तारुढ दलको नाताले अप्ठ्यारो हुने भएकाले ‘राष्ट्रियता र प्रजातन्त्रको सुदृढीकरणका लागि राष्ट्रिय अभियान नेपाल’ नामबाट रत्नपार्कमा प्रदर्शन गर्न लागिएको ढकालले अनलाइनखरलाई बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment