Comments Add Comment

जिउबाट निकालियो एक क्विन्टलको ट्युमर (फोटोफिचर सहित)

जिउमा एक क्विन्टल भन्दा पनि बढि तौलको ट्युमर लिएर दुखपूर्ण जिन्दगी बाँचिरहेका एक चिनिया पुरुषले नयाँ जिन्दगी पाएका छन् । विश्वकै सबैभन्दा ठूलो ट्युमर मानिएको १ सय १० किलोको ट्युमर शल्यक्रियाबाट हटाउन डाक्टरहरु सफल भएका हुन् ।

चीनको सांग्जी प्रान्तका ३७ वर्षीय यांग जियानविनको खुट्टानेर यत्रो बडेमाको ट्युमर थियो ।

tumor1

जन्मिँदा ढाडको तलपट्ट िकालो चिनो रहेका यांगको त्यो ९ वर्षको हुँदाखेरिबाट बढ्न थाल्यो । उनी १२ वर्षको हुँदा त्यो ट्युमरको रुपमा ठूलो आकारको भयो र त्यसलाई हटाउन सर्जरी गरियो पनि ।

tumor2

तर सर्जरी गरेर काटेर फ्याँकेपनि उनको ट्युमर पलाउन छाडेन र त्यो बढ्दै जाँदा १ सय १० केजीको पुग्यो । अन्ततः बेइजिङ अस्पतालमा उनको विशेष शल्यक्रिया गरि भिमकाय ट्युमर हटाउन डाक्टरहरु सफल भए । शल्यचिकित्सक टोलीका प्रमुख चेन मिनलियाङका अनुसार यांग न्युरोफिब्रोम्याटोसिस नामको रोगबाट ग्रसित छन् । त्यो रोग लागेका मानिसहरुमा कोष तथा तन्तुहरु अनियन्त्रित रुपमा वृद्धि हुन्छन् ।

tumor3

१६ घण्टासम्म ९ जना डाक्टरहरुले अनवरत प्रयास गर्दै उनको ट्युमर काटेर फ्याँकिदिएका छन् । अपरेशनका क्रममा उनलाई ५ लिटर रगत दिइएको थियो, जुन एकजना मानिसको सरीरमा हुने पूरै रगतको मात्रा भन्दा पनि बढि हो ।

tumor4

उनले अहिले अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन् र यो महिनाको अन्तिममा उनलाई डिस्चार्ज गरिने बताइएको छ ।

tumor5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment