Comments Add Comment

मुलुकको पर्यटन प्रवर्द्धनमा बोर्ड र होटल व्यवसायी महासंघ सहकार्य गर्ने

NTB
२५ असार, काठमाडौं । नेपाल पर्यटन बोर्ड र होटल व्यवसायी महासंघवीच मुलुकको पर्यटन विकासमा हातेमालो गर्ने सम्झौता भएको छ । बुधबार राजधानीमा भएको सम्झौतामा बोर्डका तर्फबाट निमिक्त प्रमुख कार्यकारी अधिकृत सुवास निरौला र महासंघको तर्फबाट अध्यक्ष अमृत भुजेलले हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा पर्यटन बोर्ड प्रथम पक्ष र महासंघ दोस्रो पक्षका रुपमा रहेर नेपालको पर्यटन विकास तथा पर्यटन प्रवर्द्घनका गतिविधिहरुलाई स्थानिय र अन्र्तराष्ट्रिय स्तरसम्म विस्तार गरी थप प्रभावकारी बनाउन र नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान एवं प्रवर्द्घन गर्न अपसमा सहकार्य गर्ने उल्लेख गरिएको छ ।

महासंघ अन्र्तगत सदस्य रहेका विभिन्न होटल व्यवसायी तथा कर्मचारीहरुको सीप तथा क्षमता अभिवृद्धिका लागी बोर्डले दीर्घकालिन र अल्पकालिन तालिमहरु र जनचेतना सम्बन्धि कार्यक्रमहरु सञ्चालनका लागि आपसी सहकार्य गर्न दुबै पक्ष मञ्जुर भएका छन् ।

देशका विभिन्न स्थानहरुमा रहेका पर्यटकीय सम्पदाहरुको बारेमा आन्तरिक तथा अन्तराष्ट्रिय पर्यटकहरुलाई जानकारीमूलक पर्यटकीय सूचना सम्प्रेषणका विविध माध्यमहरु स्थापना तथा व्यवसाय  प्रवर्द्घनका लागि सहकार्य गर्न पनि दुवै पक्ष मञ्जुर भएको बताएका छन् ।

आन्तरिक तथा अन्तराष्ट्रिय पर्यटकहरुलाई जानकारी दिनका लागी देशका विभिन्न स्थानहरुमा महासंघका सदस्यहरुबाट संचालन गरिने क्षेत्रीय स्तरमा पर्यटन सूचना केन्द्र सञ्चालनका लागि दुबै पक्ष सहकार्य गर्ने भएका छन् ।

होटल व्यवसायको व्यवस्थापन एवं यो सँग सम्वन्धित सेवा सुदृढीकरणका लागि साझा आचारसंहिता र आवश्यक निर्देशिका तर्जुमा गरि लागु गर्नका लागि दुवै पक्ष बीचमा सहकार्य गरिने बताइएको छ ।

बोर्डले देशभित्र आन्तरिक पर्यटन प्रवर्द्घन गर्नका लागि आयोजना गर्ने सबै पर्यटन मेलाहरु र अन्र्तराष्ट्रिय पर्यटन प्रवर्द्घनका कार्यक्रमहरु तथा पर्यटन मेलाहरुमा होटल व्यवसायी महासंघ नेपाललाई आमन्त्रण गर्नेछ र महासंघले आˆना सदस्य व्यवसायीहरुलाई सहभागी गराउन पहल गर्नेछ । यसरी अन्तराष्ट्रिय मेला तथा कार्यक्रमहरुमा सहभागी गराउँदा प्रथम पक्षले सहुलियत प्रदान गर्नेछ ।

बोर्डले बजेट बिनियोजन गर्दा क्षेत्रीय एवं जिल्ला स्तरको पर्यटन प्रवर्द्घन एवं होटल व्यवसायको विकास एवं सुदृढीकरणका लागि समेत ध्यान दिनेछ ।

होटल व्यवसायी महासंघ नेपालमा आवद्घ होटल व्यवसायीहरुको हकहितको संरक्षण एवं विस्तारको लागि होटल व्यवसायी महासंघ नेपालबाट प्राप्त प्रस्तावहरुको आधारमा संम्भ्ााव्य कार्यक्रमहरु सञ्चालनका लागि प्रथम पक्षले प्राविधिक, भौतिक तथा आर्थिक सहयोग उपलब्ध गराउनेछ ।

नेपाल पर्यटन बोर्ड र महासंघबीच भएको यो समझदारीपत्रको अवधि पाँच वर्षको हुने बताइएको छ । यस विचमा दुवै पक्ष मञ्जुर भई आपसी सहमतीमा आवश्यकता अनुसार बुँदाहरु परिमार्जन गर्न सकिने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment