Comments Add Comment

पत्रकार हत्याका आरोपित तीन जनालाई जन्मकैद

२५ असार, झापा । झापाका पत्रकार यादव पौड्यालको तीन वर्षअघि भएको हत्यामा संलग्न रहेको अभियोगमा तीन जनालाई पुनरावेदन अदालत इलामले जन्मकैदको सजाय सुनाएको छ ।

पुनरावेदन अदालत इलामका न्यायाधीशद्वय उदयप्रकाश चापागाईं र गुणराज ढुङ्गेलको संयुक्त इजलासले आज पत्रकार पौड्यालको हत्यामा आरोपित झापाका युवराज गिरी, फूलमाया भनिने मञ्जु ढकाल (कार्की) र सोमनाथ ढकाललाई जन्मकैदको फैसला सुनाएकोे हो ।

अदालतले हत्यामा दोषी ठहर्‍याइएका अर्का आरोपित मदन राईल्ााई भने ६ महिनाको कैद सजाय सुनाएको छ । मोरङ सिजुवा घर भएका ३८ वर्षीय पत्रकार पौड्याल को विसं २०६८ चैत २१ गते झापाको विर्तामोडस्थित बसपार्कमा हत्या भएको थियो ।

बहुविवाह गर्नेलाई कैद र जरिवानाको फैसला

यसैबीच जिल्ला अदालत काभ्रेले बहुविवाहको मुद्दामा एकजनालाई एक वर्ष कैद र २० हजार जरिवानाको फैसला सुनाएको छ ।

न्यायाधीश गोपाल बास्तोलाको इजलाशले जिल्लाको उग्रचण्डी नाला-२ बस्ने उजेन्द्र श्रेष्ठलाई कैद र जरिवानाको फैसला सुनाएको अदालतका श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिए । अदालतले उनकी कान्छी श्रीमती किरणदेवी श्रेष्ठलाई भने सफाइ दिएको छ ।

झन्डै तीन महिनाअघि सोही ठाउँ बस्ने उजेन्द्रको जेठी श्रीमती बुद्धलक्ष्मी श्रेष्ठले अदालतमा बहुविवाहसम्बन्धी मुद्दा दायर गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment