Comments Add Comment

तिब्बतीलाई काठ दिएर चामल साट्दै किमाथांकावासी

२६ असार, संखुवासभा । चीनसँग सीमा जोडिएका किमाथांका र चेपुवा गाविसका बासिन्दाले तिब्बतीलाई काठ दिएर चाम साट्ने गरेका छन् । यसका लागि अबैध रुपमा फँडानी गर्दा जंगल मासिने क्रम तीव्र बनेको छ ।

किमाथांका, रिदाक र थुदाम नाकाबाट जेठदेखि असोजसम्म दैनिक सयौँ घनमिटर काठ चीनतिर पठाउने गरिन्छ । बन्चरोले ताछेर निकालिएको तख्ता चीनको डेन्दाङ र रिउ बजारमा निकासी हुन्छ । आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

अत्यन्त विकट यी गाविसमा अन्न काम उत्पादन हुने भएकाले स्थानीय बासिन्दाले काठसँग चामल साट्ने गरेका हुन् । विकल्प नभएपछि चिनियाँका घरघरमा काठ पुर्‍याएर लचामल ल्याउनु यहाँका बासिन्दाको बाध्यता बनेको छ । डेन्दाङमा एक घनमिटर काठ पुर्‍याएबापत पाँच किलो चामल पाइन्छ ।

विशेषगरी रिदाक र थुदामका बासिन्दाको आयआर्जन गर्ने स्रोत काठ व्यापार भएको चेपुवा-८ रिदाकका तेम्बा भोटेले बताए । सरकारी पहुँच नभएका यी गाउँबाट सदरमुकाम आउन सात दिनभन्दा पनि बढी लाग्छ । चेपुवा ९ थुदाम गाउँका एक दुईजना कठिनले वर्षमा एकपटक सदरमुकाम खाँदवारी आउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment