Comments Add Comment

एमालेमा हस्तीले लिए सन्यास

२६ असार, काठमाडौँ । नेपाली वाम तथा प्रजातान्त्रिक आन्दोलनका केही हस्तीहरुले सक्रिय राजनीतिबाट सन्यास लिएका छन् । एमालेको नवौं महाधिवेशनबाट भरतमोहन अधिकारी र सिद्धिलाल सिंहसहितका हस्तीहरुले बिदा लिएका हुन् ।

जारी महाधिवेशनमा बन्द सत्रमा बुधबार सम्बोधन गर्दै वरिष्ठ नेता अधिकारी र सिंहले राजनीतिबाट सन्यास लिएको घोषणा गरे । पार्टी विधानमा ७० वर्ष उमेर हद तोकिएपछि सवैभन्दा पाका नेता अधिकारी र सिंहले राजनीतिबाट सन्यास लिएको घोषणा गरेका हुन् । आजको राजधानी दैनिकले समाचार छापेको छ ।

‘अब सक्रिय राजनीति गर्दिन, महाधिवेशनको बन्दसत्रमा आफ्नो भनाई राख्दै अधिकारीले भने ।’ अधिकारी दोस्रो महाधिवेशनदेखि लगातार प्रतिनिधि हुने नेता हुन् । अधिकारीसँगै दोस्रो महाधिवेशनमा प्रतिनिधि रहेका सिद्धिलाल सिंह र कमल कोइरालाले पनि सक्रिय राजनीतिबाट सन्यास लिएका हुन् ।

बुधवार बन्दसत्रमा सम्बोधन गर्ने क्रममा अधिकारीले सन्यास लिने घोषणासहित पार्टी गम्भीर समस्यामा रहेको उद्घोष समेत गरे । ‘पार्टीबाट मैले औपचारिक रुपमा विदा लिँदा पार्टीको अवस्था लथालिजंग छ, यस्तो अवस्थामा पार्टीबाट विदा लिँदा मलाई निकै ठूलो चिन्ता लागेको छ, यसलाई अध्यक्षले मिलाउनुपर्छा, अधिकारीले भने ।’ २०१० सालदेखि नै पार्टीको केन्द्रमा रहँदै आएका अधिकारी सफल अर्थमन्त्रीका रुपमा चिन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment