Comments Add Comment

सभासदका ‘पीए’ घरकै मान्छे

२६ असार, बाँके । बाँकेका सबैजसो सभासदले घरकै मान्छेलाई पीए राखेका छन् । इमानदार कार्यकर्ताको चित्त दुखाउँदै सभासद्हरुले आफन्तलाई नै पीएर राखेर अधिकृत सरहको सेवा सुविधा घरभित्रै हुल्ने काम गरेका छन् ।

श्रीमती, छोरा, भाई, बुहारी, भतिजी, श्रीमानलाई पीए राखेर सभासदहरुले इमानदार कार्यकर्ताको मन दुखाएका हुन् । प्रधानमन्त्री एंव कांग्रेस सभापति सुशील कोइराला र क्षेत्र नम्बर २ बाट विजयी भएका एमालेका सभासद् दिनेश यादवले मात्रै परिवार बाहिरका मान्छेलाई पीए राखेको पाइएको छ । आजको नेपाल समाचारपत्र दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री कोइरालाले विराटनगरका लक्ष्मण ढकाल र यादवले कार्यकर्ता सोहन यादवलाई पीए राखेका छन् । सभासद्ले आफूखुसी पीए राख्न पाउँछन् । पीएको सेवा सुविधा संसद संचिवालयले व्यवस्था गर्दछ । उनीहरुले शाखा अधिकृत सरह सुविधा पाउने बुझिएको छ । सभासद गराउन मरिहत्ते गरेर लाग्ने कार्यकर्तालाई पाखा लगाई घरपरिवारकै सदस्यलाई पीए राख्ने सभासदहरुको बाँकेमा बिरोध हुन थालेको छ ।

कतिपय सभासदले आफ्नो पीएका बारेमा पार्टीमा समेत जानकारी गराएका छैनन् । ‘हामीलाई थाहा हुँदैन, उनीहरुले कसलाई पीए राखेका छन्, नेपाली कांग्रेस बाँकेका सचिव विजय यादवले भने,’पार्टीमा त्याग, तपस्या, बलिदान गरेका कार्यकर्तालाई राखेको भए उनीहरुलाई राहत हुन सक्थ्यो ।’ उनले आफ्नै श्रीमती, भाई, भतिजो, लोग्ने, बुहारीलाई पीए राखेको जानकारी आएको वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment