Comments Add Comment

लप्सीखेतीमा रमाउँदै सभासद

२६ असार, काठमाडौँ । राजनीति गर्ने मानिस कुनै न कुनै उत्पादनमुलक कामसँग जोडिनुपर्छ भन्ने मान्यताका साथ काठमाडौँ-३ बाट निर्वाचित सभासद रामेश्वर फुँयालले २१ वर्ष अघिदेखि गागफेदी-७ मा लप्सीखेती गर्दै आएका छन् ।

सामान्य किसान परिवारमा जन्मिएका फुँयालले १९ चैत २०३८ मा लोकसेवा आयोगवाट बैदार पदमा नाम निकालेका थिए । २०३५ सलमा विद्यार्थी कालदेखि नै कम्युनिष्ट राजनीतमा सक्रिय रहेका फुँयालले भूमिगत रुपमा पञ्चायतकालदेखि नै कर्मचारी राजनीति पनि सुरु गरे । आजको राजधानी दैनिकले समाचार छापेको छ ।

कर्मचारी राजनीति २०४९ सालमा उत्कर्षमा पुगेका बेला नेतृत्व गर्दा उनी शाखा अधिकृतको सरकारी जागिरबाट निकालिए । गाउँकै पहिलो प्रशासनिक अधिकृत फुँयाल सरकारी जागिरबाट निकालिएपछि गाउँलेले अब के गर्छस् ? सरकारी जागिरबाट निकालिइस् भन्दा उनले सहज रुपमा जवाफ दिए, किसानको छोरो अब म कृषि कार्य गर्छु ।

सरकारी जागिरबाट निकालिइनु फुँयालका लागि कृषिका साथै लप्सीखेत ीगर्ने अवसरका रुपमा देखा पर्‍यो । २०५० सालमा उनले खेत र बारी गरी ८ रोपनी जग्गामा २ सय जति लप्सीका विरुवा रोपे । त्यसमध्ये १ सय ४ँ०९ ओटा लप्सीका रुख हुर्किएर अहिले लवाषिर्क १ डेढ लाख रुपैयाँ आम्दानी हुने गरेको सभासद फुँयाल बताउँछन् । कर्मचारी राजनीति गरेको आरोपमै सरकारी जागिरबाट निकालिइएपछि फुँयाल २०४९ सालको स्थानीय निर्वाचनबाट आलापोट गाविसको गाविस अध्यक्ष पदमा निर्वाचित एका थिए। गाविस अध्यक्ष र अगुवा कृषकका नाताले उनले आफूले मात्रै लप्सीखेती गरेनन् कि वरपर गाउँका किसानलाई पनि लप्सी खेती गर्न प्रेरित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment