Comments Add Comment

नाइजेरिया अन्तराष्ट्रिय फुटबलबाट निलम्बित

विश्व फुटबलको नियमनकारी निकाय फिफाले नाइजेरियालाई अन्तराष्ट्रिय फुटबलबाट निलम्बन गरेको छ । सरकारले फुटबल महासंघमा हस्तक्षेप गरेको भन्दै प्रतिवन्ध लगाएको हो ।

अब नाइजेरियाको राष्ट्रिय टोलीसँगै क्लबले पनि अन्तराष्ट्रिय खेल खेल्न पाउने छैन । सरकारले नाइजेरिया फुटबल फेडेरशनको कार्यसमिति विघटन गर्दै नयाँ टिम मनोनित गरेपछि फिफाले पुनर्वाहाली गर्न मंगलाबरसम्मको समय दिएको थियो ।

फिफाले नायइजेरिया फुटबल फेडेरेशनको निर्वाचित कार्यसमितिले सरकारको हस्तक्षेप विना काम गरेपछि मात्र प्रतिवन्ध हटाउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment