Comments Add Comment

सलोनमा मासिक डेढ अर्बको व्यापार

२६ असार, काठमाडौँ । सलोन व्यवसायीले देशभर मासिक १ अर्ब ४० करोड रुपैयाँ बराबर कारोबार गर्ने गरेका छन् । नेपाल नाई संघका अनुसार देशभर ३५ हजारको संख्यामा सलोन व्यवसायी छन् जसले मासिक औसत ३५ हजार रुपैयाँ बराबर व्यापार गर्छन् ।

अन्य समुदायको आकर्षण कम हुँदा मधेशी समुदायको पकड राम्रो छ । आजको कारोबार दैनिकले समाचार छापेको छ । उनीहरुले तराईमात्रै नभई पहाडी र हिमाली क्षेत्र जताजतै सलोन खोलेर राम्रो आम्दानी गर्दै आएको कांग्रेस निकट संघले जनाएको छ । पार्टीमा आबद्ध नभएका व्यवसायी २० हजार हाराहारीमा हुन सक्ने संघका अध्यष राजाराम ठाकुर बताउँछन् ।

देशभर आधिकारिक रुपमा सञ्चालित ३५ हजार सलोनको मासिक आम्दानी औसत ३५ हजारका दरले हिसाब गर्दा १ अर्ब ४० करोडजति हुन्छ । ‘धेरै आम्दानी गर्ने व्यवसायीले महनिामा ५० देखि ७० हजारसम्म कमाउँछन्, ठाकुरले भने । उनका अनुसार यी सलोनमा १ लाख ५० हजार जनशक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । सवैभन्दा धेरै सलोन काठमाडौ, भक्तपुर, ललितपुर, पोखरा, विराटनगर, नेपालगञ्जजस्ता व्यस्त सहरमा छन् ।

काठमाडौ उपत्यकामा मात्रै ४ हजार ५ दसयजति यस्ता व्यवसाय छन् । काठमाडौको बुद्धनगरमा ५ वर्षदेखि सलोन सञ्चालन गरिरहेका शिवचन्द्र ठाकुरका अनुसार उनले मासिक ३५ देखि ४० हजार रुपैयाँसम्म कमाउँछन् । कोठा भाडा, खाद्यान्नलगायत सबै खर्च कटाउँदा बचेकोमध्ये १५ हजार रुपैयाँजति घर पठाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment