Comments Add Comment

बिहीबारका छापाका मुख्य समाचार

राजधानीबाट प्रकाशित हुने दैनिक पत्रिकाले एमालेको नवौँ महाधिवेशनको बन्दसत्रमा १६ पदाधिकारी र १५९ सदस्यीय केन्द्रीय समिति बनाउने गरी विधान संशोधन गरेको समाचारलाई मूख्य समाचार बनाएका छन् ।

अन्नपूर्ण पोस्ट दैनिकले १६ पदाधिकारी, १५९ केन्द्रीय सदस्य शीर्षकमा समाचार छापेको छ । यस्तै अन्नपूर्ण पोस्टले प्रधानमन्त्री कोइरा अर्को साता स्वदेश र्फकने, बाबुराम भट्टराईसँग बार्ता गर्न एमाओवादीले समिति गठन गरेको समाचार पनि प्रमुख पृष्ठ छापेको छ ।

यसैगरी नागरिक दैनिकले एमाले केन्द्र समावेशी, विधानसहित सवै प्रतिवेदन पारित शीर्षकमा समाचार छापेको छ । यस्तै सत्यनिरुपण ऐन तत्काल सच्याउन सरकारमाथि अन्तर्राष्ट्रिय अधिकारकर्मीले दबाब दिएको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ ।

यसैगरी नयाँ पत्रिका दैनिकले एमालेको विधान संशोधन, अब १५ पदाधिरकारी, उम्मेदवार को-को ? शीर्षकमा समाचार छापेको छ । यसैगरी संसदीय समितिले अझै नेतृत्व नपाएको समाचार पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।

rajdhani

annapurna

karobar

nagarik

nayapatrika

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment