Comments Add Comment

मेस्सीले १२० मिनेट नेदरल्याण्डको डिबक्समा बल छुन पाएनन् !

Rearguard action: Holland played with a back six at times against Argentina

नेदरल्याण्डलाई टाइब्रेकरमा पराजित गर्दै दुई पटकको च्याम्पियन अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा पुगेको छ । पेनाल्टीमा पहिलो गोल पनि मेस्सीले नै गरे ।

तर, अर्जेन्टिनी सुपरस्टार मेस्सी १ सय २० मिनेटसम्म नेदरल्याण्डको डिबक्स एरियामा बल छुन असफल रहे । डच लुइज भान गालले मेस्सीलाई कुनै हालतमा रोक्ने रणनीति बनाएका थिए । जसका लागि ६ खेलाडी तैनाथ रहे ।

नेदरल्याण्डले अट्याकिङ फुटबल खेल्ने अपेक्षा विपरित भान गालको टोली अधिकांश समय मेस्सीलाई डिबक्स एरियामा बल छुन नदिन मै व्यस्त रहे । निर्धारित समयको खेलको पहिलो हाफमा आर्जेन रोविनले मात्र एक पास खेले ।

जसरी पनि अर्जेन्टिनी मेस्सीलाई रोक्ने रणनीति सफल भएपनि नेदरल्याण्डले आफूले पनि गोल गर्न सकेन । टाइब्रेकरमा अर्जेन्टिनाका गोलरक्षक रोमेरोले नेदरल्याण्डका दुई प्रहार रोके । अर्जेन्टिनाका चारै खेलाडीले गोल गरे ।

कोष्टारिका विरुद्धको क्वाटरफाइनलमा टाइब्रेकर सुरु हुनु ४४ सेकेण्ड अघि भानगेलले गोलरक्षक परिर्वतन गरे । डच गोलरक्षक टिम क्रुलले कोष्टारिकोको दुई प्रहार रोकेपछि प्रशिक्षक भानगाललाई कुशल रणनीतिकारका रुपमा हेरिएको थियो ।

तर, अर्जेन्टिनासँगको खेलमा उनीसँग सब्सिच्युटकाे बिकल्प सकिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment