Comments Add Comment

उम्मेदवारी दर्तामा ओलीले नेपाललाई उछिने

२६ असार, काठमाडौ ।  नेकपा एमालेको भावी अध्यक्षका लागि बरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीले आ आफ्नो उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले तोकेको समय १० बजेनै ओलीले निर्वाचन समिति समक्ष अध्यक्षमा आफ्नो मनोनयन दर्ता गराएका थिए । अोलीको प्रस्तावकमा कृष्णगोपाल श्रेष्ठ र समर्थक राजन भट्टरार्इ रहेका छन् ।

ओलीले दर्ता गराएको केहीबेरपछि नेपालले पनि दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । नेपालको प्रस्तावकमा नितेषनन्दन मिश्र र समर्थकमा रामकुमार भट्टरार्इ रहेका छन् ।

 १४ पदाधिकारी सहित १ सय ५९ केन्द्रीय सदस्यका लागि उम्मेवारी मनोनयन धमाधम भइरहेको छ । त्यस्तै लेखा परीक्षण आयोग र अनुशासन आयोगका लागि पनि उम्मेदवारी मनेायन भइरहेको छ ।

निर्वाचन आयोगले विहान १० देखि अपरान्ह २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताका लागि समय तोकेको छ । दुवै प्यानलमा केही उम्मेदवारको टुंगो अझै नलागेका कारण मनोयनन क कसले गर्ने भन्ने दुवै पक्षमा अन्यौल छाएको छ ।

नयाँ नेतृत्वका लागि निर्वाचन भने भोलि विहानबाट ८ बजेबाट साँझ ५ बजेसम्म निर्वाचन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment