Comments Add Comment

सम्भोगभन्दा महंगा ब्राण्डको भोक बढि ?

sex-feet-hed

हामी केही कुराहरुलाई बढि सामान्यीकरण गछौँ र त चुक्छौँ पनि । कुनै विषयमा धेरैले धेरैखाले अनुमान गर्नु स्वभाविकै हो । तथापि सेक्सका विषयमा आम मत एक हुनसक्ला त्यो हो, मानिसहरु अरु सबै कुरा भन्दा यौन सम्पर्क गर्न मन पराउँछन् । तर, के यो मत सही छ त ?

अवश्य पनि मानिसहरु सपिङ गर्न समेत मन पराउँछन् । बजारियाहरुले लामो समयदेखि सेक्स र किनमेलको सम्बन्ध केलाएका छन् । त्यसैले होला बजार पसलमा सेक्सी मोडेलले लगाएका उत्तेजक कपडाका विज्ञापन दिइएर आफ्नो उत्पादन बेच्ने प्रयास गरिन्छ । तथापि पछिल्लो पटक गरिएको एक बजार अध्ययनले यो आयामलाई अनौठो गरि बंगाइदिएको छ । त्यो के भने विश्वका चर्चित ब्राण्डहरुले आफ्ना उत्पादन बेच्नलाई सेक्सको प्रयोग गर्न छाडिसकेका छन् र उनीहरुले उपभोक्तालाई यो कुरामा आश्वस्त पार्ने कोसिस गर्छन् कि उनीहरुका ब्राण्ड सेक्स भन्दा पनि आनन्ददायी छन् ।

र कम्पनीहरुले कसरी यो काम गर्दैछन् त ? यो पत्ता लगाउन सानो सर्भे गरे काफी हुन्छ जसले कति मानिसहरु सेक्स भन्दा मनपर्ने ब्राण्डलाई रोजाइमा पार्छन् भन्ने थाहा हुन्छ । उदाहरणका लागि धेरै मानिसहरु विपरित लिंगीप्रति भन्दा पनि डिजिटल प्रविधि तथा ग्याजेटप्रति बढि मन लगाउँछन् । गएको मे महिनामा सोसल गेमिङ नेटवर्क प्ले फोनले १ हजार जना मोबाइल खेलाडिहरुमा गरेको सर्भेक्षणले २० प्रतिशत मानिसहरु मोबाइलमा गेम खेल्नका लागि एक हप्तासम्म पनि सेक्स त्याग्न सक्ने खालका रहेको देखाएको थियो ।

गएको महिना पूराना आइफोनसँग नयाँ आइफोन सट्टापट्टा गर्ने कम्पनी ग्याजेलले गरको सर्भेक्षणले हामीहरु आफ्ना आइफोनलाई कति माया गर्छौँ भन्ने देखाएको छ । उक्त सर्भेक्षणमा सहभागि १ हजार जना आइफोन प्रयोगकर्ताले भनेका छन् की उनीहरु एक हप्तासम्म सेक्स त्याग्न सक्छन् तर आइफोन विना रहनै सक्दैनन् ।

यो एप्पलका लागि खुसीको खबर हो । सन् २०११ मा प्रविधि कम्पनी टेलीन्याभले एक कटु सत्य सार्वजनिक गरेको थियो । जस अनुसार ३३ प्रतिशत अमेरिकीहरु हप्ता दिन मात्र होइन महिना दिन सम्मकै लागि पनि सेक्सलाई तिलान्जली दिएर आइफोनसामु आत्मसमर्पण गर्न सक्छन् । रियल सिम्पलले गरेको सर्भेक्षण अनुसार ४८ प्रतिशत महिलाले सम्भोगलाई भन्दा आफ्नो फोनलाई बढि महत्व दिन्छन् ।

अध्ययन अनुसार पुरुषहरु कुनैपनि ब्राण्डका खातिर सम्भोगलाई नै त्याग्नसक्छन् तर त्यो ब्राण्ड उनीहरुको रोजाइको हुनैपर्छ । सन् २००८ मा एक बेलायती इलेक्ट्रोनिक विक्रेताले गरेको सर्भेक्षण अनुसार ४७ प्रतिशत बेलायती युवाहरु यदि ५० इन्चको प्लाज्मा टेलिभिजन दिएमा आफुहरु कम्तिमा १ वर्ष कुमार बस्न तयार हुने बताएका थिए । धेरै मानिसहरुले राम्रो खालको होटलमा बस्ने, राम्रो जिवनशैली जिउन पाउने, तथा खान लाउन मनलाग्दी पाउने भए सम्भोग भन्ने चिजलाई तिलान्जली दिन तयार हुने बेलायती अध्ययनको निष्कर्ष छ ।

विश्वको चर्चित होटल चेन ले मेरिडियनको सर्भेक्षण अनुसार उक्त होटलमा विशेष ब्राण्डको एक कप कफी पिउन पाएमा मात्रै पनि ७८ प्रतिशत मानिसहरु सेक्सलाई त्याग्न तयार छन् ।  मानिसहरु चिल्ला कारका पनि उत्तिकै भोगि हुन्छन् । कार सपिङ साइट इडमण्डस् डट कमले गरेको सर्भेक्षण अनुसार ४४ प्रतिशत मानिसहरुले यदि आफुलाई एउटा कार दिएमा एक महिनासम्म सेक्स नगरि बस्न राजी भएको बताएका छन् । मानिसहरु ब्राण्डमा मात्र होइन इन्टरनेटमा पनि उत्तिकै भोगी बन्दै गएको देखिएको छ । स्क्याइन नामक कण्डम ब्राण्डले हालै गरेको सर्भेक्षण अनुसार ४३ प्रतिशत मानिसहरुले सेक्स र इन्टरनेट मध्ये एक रोज्नुपर्दा इन्टरनेट रोज्दछन् ।

-एडवीक अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment