Comments Add Comment

अनधिकृत रूपमा सञ्चालित तीन एग्रोभेट बन्द

२६ असार, इलाम । अनधिकृत रूपमा औषधि बिक्री वितरण गर्ने तीनवटा एग्रोभेट सेन्टरलाई जिल्ला कृषि विकास कार्यालयले बन्द गराएको छ ।

इजाजत नलिइ र नवीकरण नगरी विषादी बिक्री गर्ने एग्रोभेट सेन्टरलाई कार्यालयको अनुगमन टोलीले अनुगमन गरी बन्द गराएको हो । इलाम नगरपालिकामा रहेका जय माँ एग्रोभेट सेन्टर, सुनाखरी र एग्रोभेट सेन्टर इलाम बन्द गरिएको कार्यालयले जनाएको छ । जय माँ एग्रोभेटले नवीकरण नगरी र अन्य दुईवटाले बिनाइजाजत विषादी बिक्री वितरण गरिरहेको पाइएकाले बन्द गरिएको कार्यालयका नाथुप्रसाद चौधरीले बताए ।

जिल्लाका विभिन्न स्थानमा पनि खुलेका एग्रोभेटको कार्यालयले अनुगमन गर्ने जनाएको छ । मानिसको जीवनमा खेलबाड गर्नेजस्ता क्रियाकलाप गर्नेलाई कम्तीमा एक लाखभन्दा बढी जरिवाना र जेल सजाय हुनुपर्ने वरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीले बताए । एग्रोभेट सञ्चालकहरूले खेतीबालीमा लगाउन प्रतिबन्धित विषादीसमेत खुलेआम बिक्री गरिरहेको पाइएको कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment