Comments Add Comment

प्रधानमन्त्री कोइरालाको रेडियो थेरापी सकियो

२६ असार, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाको फोक्सोको क्यान्सरको रेडियो थेरापी सफलतापूर्वक पूरा भएको छ । थेरापीको पाँचौ दिन विहीवार कोइराला निकै हँसिलो र स्वस्थ देखिएको कोइरालाको हेरचाहमा रहेकी कांग्रेस नेतृ मृदुला कोइरालाले जनाएकी छन् । कोइरालाले अझै केही दिन उतै आराम गर्नुपर्ने सल्लाह चिकित्सकले दिएका छन् ।Pm-sushil-koirala

कोइरालाले प्रधानमन्त्री अहिले राष्ट्रसंघीय नियोगस्थित आवासमा आराम गरिरहेको र निकै हँसिलो तथा फुर्तिलो अवस्थामा रहेको बताइन् । ‘उहाँमा एकदमै बलियो इच्छाशक्ति छ, आफ्नो बारेमा कुनै चिन्ता छैन’ कोइरालाले भनिन् ‘पाँचौ दिनको थेरापीपछि उहाँ निकै स्वस्थ देखिनुभएको छ, उहाँलाई कहिले नेपाल फर्किउँ भन्ने चिन्तामात्रै छ’ ।

कोइरालाको न्यूयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उनको रेडियो थेरापीमा संलग्न चिकित्सक आन्देश रिम्नरको सल्लाह अनुसार थप कदम चालिने कोइरालाको पारिवारिक स्रोतले जनाएको छ ।

कोइरालासँगै मृदुला कोइराला र नातिनी मनिषा कोइराला पनि न्यूयोर्कमै छन् । क्यान्सर रोगबाटै विरामी भएर बलिउडकी महसुर अभिनेत्री मनिषा उपचारका लागि न्यूयोर्कमै छिन् । उनको क्यान्सर लगभग ठिक भइसकेको छ । मनिषाकी हजुरआमा र सुशीलकी आमा दिदी बहिनी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment