Comments Add Comment

हिरोइनलाई बलात्कार गर्न खोज्ने निर्देशक ३ करोड तिरेर उम्किए

mystery-couple6आफ्नै फिल्मकी हिरोइनसँग राशलिला मच्चाउन खोज्ने एक भारतीय फिल्म निर्देशक मोटो रकम तिरेर बदनामी हुनबाट जोगिएका छन् ।

भारतीय संचारमाध्यमहरुले ती हिरोइन र निर्देशकको नाम नखुलाए पनि उनीहरुवीचको लफडाको सम्पूर्ण घटनाक्रम सार्वजनिक गरिदिएका छन् ।

भारतीय टेलिभिजन जुमका अनुसार केही महिना पहिले ओभरसिज सुटिङका क्रममा निर्देशकले ती हिरोइनलाई आफ्नो होटलमा बोलाएका थिए ।

सुरुमा होटलको कोठामा एक्लै भेट्न इन्कार गरेकी हिरोइनले पछि भने मानिन् । हिरोइन जब होटलमा पुगिन, निर्देशक अर्धनग्न अबस्थामा थिए । उनले हिरोइनलाई अंगालो मार्दै कपडा खोलिदिन थाले । हिरोइनले प्रतिरोध गर्दै ती निर्देशकको तस्वीर खिच्न भ्याइन् ।

फिल्मको काम सकियो र हालै सो फिल्म प्रर्दशन पनि भयो । मल्टि स्टारर सो फिल्मको प्रर्बद्धनमा ती हिरोइन सामेल भइनन् ।

केही दिनअघि मात्रै उनले निर्देशकको नाङ्गो फोटो पुलिस र मिडियालाई दिने भन्दै निर्देशकलाई धम्काइन् ।

हिरोइनको धम्कीबाट हायलकायल भएका उनले एक चर्चित अभिनेताको सहारा लिए । ती अभिनेताको मध्यस्ततामा ३ करोड २० लाख भारतीय रुपैयाँ तिरेपछि मात्र निर्देशक लफडाबाट मुक्त भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment