Comments Add Comment

यस्तो छ सरकारले आज सार्वजानिक गर्ने आर्थिक सर्वेक्षण

२६ असार काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७०/०७१ को आर्थिक सवेक्षण आज दिउसो सार्वजानिक गर्दैछ । अर्थमन्त्री डा. रामशरण महतले दिउसो एक बजे संसदसमक्ष आर्थिक सर्वेक्षण प्रस्तुत गर्दैछन् ।

सर्वेक्षणमा कूल ग्रार्हस्थ उत्पादन -जीडीपी) १३.९ प्रतिशतले बढेर १९ खर्ब २८ अर्ब ५२ करोड रुपवैयाँ पुग्ने अनुमान गरिएको छ । गत वर्ष जीडीपी १०.८ प्रतिशतले बढेको थियो । व्ाास्तविक कूल ग्रार्हस्थ उत्पादन ५.५ प्रतिशतले बढेर ७ खर्ब ३४ अर्ब २२ करोड रहने अनुमान छ ।

यो वर्ष आर्थिक वर्ष ५.२ प्रतिशत हुने सरकारको अनुमान छ । यो ६ वर्षयताकै उच्च हो । यसअघि आर्थिक वर्ष २०६४/०६५ मा आर्थिक वृद्धिदर ५.८ प्रतिशत थियो । सो वर्ष नेपाली कांग्रेसका सभापति गिरीजाप्रसाद कोइरालाको सरकार थियो । त्यसयता निरन्तर माओवादी र एमालेको सरकार थियो । गत मंसिर ४ मा भएको संविधानसभाको निर्वाचनपछि कांग्रेस पहिलो र एमाले दोस्रो पार्टी भएपछि माघमा कांग्रेस सभापति सुशिल कोइरालाको नेतृत्वमा सरकार गठन भएको हो ।

आर्थिक सर्वेक्षले यो वर्ष कृषि क्षेत्रको वृद्धिदर ४.७ प्रतिशत हुने अनुमान गरेको छ । त्यसैगरी गैरकृषि क्षेत्रको वृद्धिदर ५.३ प्रतिशत, उद्योग क्षेत्रको वृद्धिदर २.७ प्रतिशत, सेवा क्षेत्रको वृद्धिदर ६.१ प्रतिशत रहने अनुमान छ ।

IMG_1480

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment