Comments Add Comment

बजेटको अभावमा कार्यक्रम प्रभावित

२६ असार जनकपुरधाम। सरकारले माग गरेअनुसार बजेट नदिएपछि धनुषामा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावित भएको छ ।

 जिल्ला वन कार्यालय धनुषाले आज २०७०/७१ को स्वीकृति कार्यक्रमअन्तर्गत वन विभागले रु ३४ लाख नदिएपछि सो कार्यक्रम प्रभावित भएको जिल्ला वन अधिकृत वीरेन्द्र साहले बताए ।

 बजेटको अभावमा वन उपभोक्ता समितिलाई दिइने बिरुवामा अनुदान चुरे क्षेत्रमा आश्रति जनतालाई बिरुवा ढुवानी, बिरुवा उत्पादनलगायतका कार्यक्रम प्रभावित भएको हो ।

 यस कार्यक्रमअन्तर्गत आठ लाख बिरुवा उत्पादन भए पनि तेस्रो चौमासिकमा रहेका कार्यक्रमहरू प्रभावित भएका हुन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment