Comments Add Comment

चामल र दालको भाऊ चुलियो, तेल र खोर्सानी छोइनसक्नु !

२६ असार, काठमाडौं । नेपालीहरुको आम्दानीमा वृद्धि नभए पनि दैनिक अत्यावश्यक वस्तुहरुको बजार भाउ चाहिँ उचाइमा पुगेको छ । एक वर्षयता खाद्य वस्तुहरुको मूल्य प्रतिकिलो १० रुपैयाँदेखि ४० रुपैयाँसम्म बढेको देखिन्छ ।

यस अवधिमा खासगरी चामलको भाउ अधीक चुलिएको छ भने तेल र खोर्सानीको भाउ छोइनसक्नु भएको छ । हरेक दिन भान्सामा नभई नहुने खाद्यवस्तुहरुको भाउ अप्रत्यासित रुपमा बढ्दा सीमित आम्दानी हुने सर्वसाधारणको ढाड सेकिएको छ ।

एघार महिनाको अवधिमा चामलको मूल्य एक केजीमा १५ रुपैयाँसम्म बढेको वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले जनाएको छ । विभागले गत असार र यो वर्षको जेठमा राजधानीमा गरेको बजार सर्वेक्षण अनुसार तेलको भाउ लिटरमा १६ रुपैयाँसम्म बढेको छ ।

मुसुरो र मासको दालको भाउ पनि किलोमा १३ रुपैयाँ बढेको छ । जिरा र सुकेको लसुनको भाउ किलोमा १५ रुपैयाँसम्म बढेको विभागले बजार सर्वेक्षणका क्रममा भेटाएको छ । सुकेको खोर्सानीको भाउ भने छुनै नसकिने गरी बढेको छ ।

गत असारमा किलोको १५३ रुपैयाँ पर्ने सुकेको खोर्सानी यो जेठमा आउँदा २ सय ५० रुपैयाँ पुगेको छ । जुन मूल्य प्रतिकिलो ६८ प्रतिशतले बढी हो ।

Price-list

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment