Comments Add Comment

चितवनमा कार दुर्घटना, एकको मृत्यु

२६ असार, चितवन । चितवनमा कार दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको बा ९ च ७७८८ नम्बरको कार नारायणगढ-मुग्लिङ सडकखण्डको घुमाउनेमा बिहीवार विहान कार दुर्घटना हुँदा काठमाडौँ धापासी बस्ने ४० वर्षीय चिजबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा तनहुँ सप्तगण्डकी नगरपालिका-२ का ३० वर्षीय कार चालक देवन थापा र सोही ठाउँ का २९ वर्षीय सुनिल बसौला घाइते भएका छन् । घाइते दुवै जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment