Comments Add Comment

ओली प्यानलका सबै उम्मेदवारको नाम सार्वजनिक (सूचीसहित)

२६ असार, काठमाडौं । नेकपा एमालेको अध्यक्षका उम्मेवार केपी शर्मा ओली आफ्नै पूरै प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन् । ओली समूहले अध्यक्ष सहित १ सय ५९ सदस्यीय केन्द्रीय कमिटीका पूरै सदस्यहरुको नाम तय गरेर उम्मेवारी दर्ता गराएको छ ।KP oli

नेपाल समूहमा उम्मेदवारहरुको टुंगो लगाउन समस्या भइरहेका बेला ओली पक्षले सबै उम्मेवारलाई मैदानमा पठाएको हो । केन्द्रीय पदाधिकारी र सदस्यहरुको नाम टुंगो लगाउने क्रममा ओली, बामदेव गौतम र इश्वर पोखरेलबीच अन्तिम छलफल भएको स्रोतले जनाएको छ ।

पदाधिकारी समावेशी

ओली समूहबाट अध्यक्षमा ओली, उपाध्यक्षमा बामदेव गौतम, विद्या भण्डारी, प्रदीप नेपाल, किरण गुरुङ र धर्मनाथप्रसाद शाहको उम्मेदवारी परेको छ । महासचिवमा र्इश्वर पोखरेल छन् भने उपमहासचिवमा बिष्णु पौडेल र शंकर पोखरेल छन् । सचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, केशवलाल श्रेष्ठ, रघुवीर महासेठ र बिष्णु रिमाल छन् ।अनुशासन अायोगकाे अध्यक्षमा केशव बडालको उमेद्वारी परेकाे छ ।

खुल्लामा को को ?

ओली समूहबाट खुल्ला कोटाको केन्द्रीय सदस्यमा सूर्य थापा, राजन भट्टराई, मुकुन्द न्याैपाने, छबिलाल विश्वकर्मा, काशिनाथ अधिकारी, महेन्द्र पाण्डे, खगराज अधिकारी, अग्नि खरेल, कर्ण थापा, गुरु बराल, देवराज भार, देवीप्रसाद ज्ञवाली, नेत्र पन्थी, बिन्दा पाण्डे, भानुभक्त ढकाल, मनकुमार गाैतम र भानुभक्त जोशी छानिएका छन् ।

त्यस्तै टुकराज सिग्देल, रामेश्वर फुयाल, गोपाल शाक्य, बलराम बास्कोटा, मोहनसिंह राठौर, देवेन्द्र दाहाल, आनन्द पोखरेल, रविन्द्र अधिकारी, रामनाथ ढकाल, लक्ष्मण ज्ञवाली, दामोदर भण्डारी, महेश बस्नेत, अच्युत मैनाली, लिला गिरी, प्रेम दंगाल, केशव पाण्डे, शारदाप्रसाद सुवेदीर बिनोद शाह खुल्ला केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् ।

खुल्लातर्फको बैकल्पिक केन्द्रीय सदस्यमा किशोर अधिकारी, युवराज बास्कोटा, जनक पौडेल, खेम लोहनी, सरेश नेपाल, माधव ढुंगेल र नवराज शर्माको उम्मेदवारी परेको अेाली पक्षले जनाएको छ ।

१५ अञ्चलबाट ३० जना

ओली पक्षले उपत्यका सहित १५ अञ्चलमा एक पूर्ण र एक बैकल्पिक गरी ३० उम्मेदवार पनि सोही भूगोलका चर्चित अनुहारमध्येबाट चयन गरेको छ । भूगोलतर्फ मेचीबाट हिक्मत कार्की र  महेश बस्नेत, कोशीबाट राजेन्द्र गौतम , किशोरचन्द्र दुलाल, सगरमाथाबाट नरेन्द्र पोखरेल र विशाल भट्टराई उम्मेवार बनेका छन् ।

त्यस्तै जनकपुरबाट केशव देवकोटा र मनोज देवकोटा, बागमतीबाट कैलाश ढुंगेल र गोकुल बास्कोटा ओली पक्षका उम्मेदवार हुन् । उपत्यकाबाट बिनोद श्रेष्ठ र नारायण सिलवाल, नारायणीबाट बिजय सुवेदी र निर्मला देवकोटा, गण्डकीबाट मायानाथ अधिकारी र रामशरण बस्नेत उम्मेदवार तोकिएका छ्न् ।

त्यस्तै लुम्बिनीबाट खिमलाल भट्टराई र तिलक महत, धवलागिरीबाट गणेश तिमिल्सिना र भुपेन्द्र थापा, राप्तीबाट खेममान खड्का र गुलाबजंग शाह, भेरीबाट यमलाल कँडेल र लक्ष्मी पोखरेल, कर्णालीबाट गोरखवहादुर बोगटी र हंशराज शाही, सेतीबाट महेश्वर पाठक र भैरवबहादुर सिंह तथा महाकालीबाट गणेश सिंह ठगुन्ना र विक्रम शाही ओली पक्षका कमाण्डर र सहकमाण्डरका रुपमा मैदानमा उत्रिएका छन् ।

दलितबाट को परे ?

त्यस्तै दलिबाट बोमबहादुर विश्वकर्मा, जगत विश्वकर्मा, भागवत विश्वासी, इश्वरी रिजाल, एकराज विक उम्मेदवार बनेका छन् । दलिततर्फकै बैकल्पिक केन्द्रीय सदस्यमा गोविन्द नेपाली, पुरनसिंह दयाल र तिल विश्वकर्मा छन् । मुस्लिम कोटामा ओली प्यानलबाट नजिर मिया र सिराज अहमद फारुकी पूर्ण तथा तैयब हुसेन बैकल्पिकमा परेका छन् ।

महिला अनुहार

ओली समूहबाट महिला कोटाको पूर्ण सदस्यमा थममाया थापा, राधा ज्ञवाली, गोमा देवकोटा, सीता पौडेल, सुजिता शाक्य, सावित्रा भुषाल, टुका हमाल, गौरी ओली, महिन सुब्बा लिम्बु, मेनका काफ्ले, पद्मा अर्याल, जानुका सिम्खडा, शान्ति ढकाल, शोभा ज्ञवाली, सुमित्रा बिसी, सिर्जना शर्मा र डा. शिवमाया तुम्बाहम्फेको उम्मेदवारी परेको छ । बैकल्पिक महिला केन्द्रीय सदस्यमा निरु पाल, मना केसी, शान्ता आचार्य, सीता सुन्दास र विमला घिमिरे उम्मेवार बनेका छन् ।

मधेशीबाट को को ?

मधेशी कोटामा ओली पक्षबाट रामप्रीत पासवान, सत्यनारायण मण्डल, योगनारायण यादव, श्रीप्रसाद साह, कमलादेवी महतो, जीबच्छ साह, बलदेव चौधरी, नरुलाल चौधरी र जगदीश कुसियत उम्मेदवार बनेका छन् । मधेशीतर्फ बैकल्पिक केन्द्रीय सदस्यमा दिनेशचन्द्र यादव, सरोज यादव र भगवती चौधरीको उम्मेवारी परेको छ ।

जनजातिबाट धेरै नयाँ

आदिवासी जनाित कोटाबाट ओली समूहले धेरै नयाँ उम्मेवार खडा गरेको छ । दलबहादुर राना, सानुकुमार श्रेष्ठ, एकबहादुर राना, गोकलु घर्तीमगर, शेरधन राई, ज्ञानवहादुर भुजेल, राजेन्द्र राई (धनकुटा), डम्बर सम्बाहम्फे, सर्वध्वज साँवा, खगेन्द्र राई, लीलानाथ श्रेष्ठ, पार्वत गुरुङ र रामेश्वर राना ओली पक्षका जनजाति उम्मेदवार हुन् । त्यस्तै जनजातितर्फकै बैकल्पिक केन्द्रीय सदस्यमा दावा दोर्जे लामा, कृष्णमोहन गौचन, खिम थापामगर,  बिना श्रेष्ठ र बालगोपाल थापा मगर उम्मेवार बनेका छन् ।

पेशागत र पिछडिएको क्षेत्र

ओली पक्षले मजदूर तथा पेशागत समूहबाट पनि सबै उम्मेवार खडा गरकेा छ । मजदूतर तथा पेशागत समूहबाट जिफन्टका उद्धब केसी र शिक्षक संगठनका अध्यक्ष बाबुराम थापा पूर्ण केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् भने बैकल्पिकमा मोहन रेग्मी र हरिदत्त जोशी छन् । पिछडिएको क्षेत्रबाट लालवहादुर थापा, मोहन बानियाँ र भैरवसुन्दर श्रेष्ठ उम्मेदवार बनेका छन् भने सम्पर्क बिभागबाट भिष्म अधिकारी उम्मेवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment