Comments Add Comment

सरकारले आइतबार बजेट सार्वजनिक गर्ने

२६ असार, काठमाडौं । सरकारले असार २९ गते आर्थिक वर्ष २०७१/७२ को बजेट सार्वजनिक गर्ने भएको छ । व्यवस्थापिका संसदको बिहीबार बसेको बैठकमा अर्थमन्त्री रामशरण महतले चालु आर्थिक वर्षको आर्थिक सर्वोक्षण पेश गरे ।

Bujetसंसद बैठकमा सभामुख सुवाषचन्द्र नेम्वाङले बजेटका लागि आइतबार अपराहृन ४ बजे संसदको बैठक बोलाइएको जानकारी दिए ।

यसअघि संसदमा पि्रबजेट छलफल भएको थियो भने सरकारको नीति तथा कार्यक्रम संसदले बहुमतका आधारमा पारित गरिसकेको छ ।

पूर्वाधाक विकास, राष्ट्रिय गौरवका योजना, कृषिमा जोड दिँदै सरकारले ६ खर्ब बढीको बजेटको तयारी गरेको छ । राष्ट्रिय योजना आयोगले ५ खर्ब ९६ अर्बको सिलिङ तोकेको भएपनि ६ खर्ब नाघेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

सरकारले केही लोकपि्रय कार्यक्रम पनि आउने बताइएको छ । कांग्रेससहितका सभासदले निर्वाचन क्षेत्र विकास कोषका लागि ५/५ करोड माग गरेका छन् । सरकारले केही तलव बृद्धिको घोषणा गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment