Comments Add Comment

सक्सेस पार्टीमा छल्कियो प्रियंका र अनुभवको प्रेम(फोटो फिचरसहित)

priyanka-and-anuvab

‘नाई नभन्नु ल २’ निर्माण यूनिटले ५१ दिने सक्से पार्टीको आयोजना गरेको छ । काठमाण्डौमा आज आयोजना गरिएको कार्यक्रममा चलचित्रका कलाकार तथा प्राविधिकहरुलाई मायाको चिनो प्रदान गरियो ।

विकास आचार्यले निर्देशन गरेको यो सिनेमा गतबर्षको सर्वाधिक सफल चलचित्र हो । जसले ४ करोड माथिको ग्रस कलेक्शन गरेको बताइन्छ । निर्माता दिनेशकुमार पोख्रेल सिनेमाको सक्सेस कार्यक्रममा सहभागी हुन अष्ट्रेलियाबाट आइपुगे ।

कार्यक्रममा चलचित्रका कलाकार तथा पत्रकारहरुको उपस्थिती थियो । कार्यक्रममा मायाको चिनो स्वरुप चलचित्रका निर्माण यूनिट र कलाकारहरुलाई वुद्धको सानो मुर्ती दिइयो । बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश फैलाउन निर्माण यूनिटले यस्तो प्रयास गरेको हुनसक्छ ।

कार्यक्रममा चलचित्रकी नायिका प्रियंका कार्की र ८ बर्षका हिरो अनुभव रेग्मीको गहिरो माया देखियो । सिनेमाको छायांकनदेखि नै कार्कीसँग निकट भएका अनुभव सक्सेस पार्टीमा पनि उनकै साथमा देखिए ।

चलचित्रको तेश्रो भाग बनाउने तयारी निर्देशक आचार्यले गरेका छन् । तर, यसपटक सिनेमाको निर्देशन मुस्कान ढकालले गर्ने भएकाले पनि ‘नाई नभन्नु ल ३’ को ठाउँमा ‘प्यारो साथी’ नाम रहन सक्छ । सफल सिनेमाको सिक्वेल विकासले आफै निर्देशन केही समयपछि गर्नेछन् ।

नयाँ चलचित्रमा अनुभव रेग्मी र सुरज सिंह ठकुरी पक्का भैसकेका छन् । कार्यक्रममा संगीतकार बसन्त सापकोटाले ‘नाई नभन्नु ल ३’ का लागि भनेर तयार पारिएका गीत सुनाए । गीतकार डाक्टर कृष्णहरी बरालले गीतका बारेमा बोले । निर्माता दिनेशकुमार पोख्रेलले अष्ट्रेलियामा रहेर पनि आफूले सिनेमा निर्माणलाई अगाडि बढाएर सिने नगरीका लागि योगदान दिन चाहेको बताए ।

देशभरका हलमा सर्वाधिक व्यापार गरेको यो चलचित्रले काठमाण्डौका केही हलमा ५१ दिन मनाएको थियो । चलचित्रमा बर्षा सिवाकोटी, स्वेत मानन्धर, सुज्ञानी भट्टराई, सुरज सिंह ठकुरी लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।priyanka-anuvab-and-suraj rajina-rimal-maya-ko-chino-lidai swet-barsa-basanta-and-krishnahari

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment