Comments Add Comment

दाउन्नेको ओरालोमा ट्रक पल्टियो, एकको मृत्यु

२६ असार, परासी । नवलपरासीको दुम्किबास गाविस-५ दाउन्नेको ओरालोमा ट्रक पल्टिँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख २५११ नम्बरको ट्रक दाउन्नेको ओरालोमा अनियन्त्रित भई पल्टिँदा ट्रकधनी चितवन भरतपुर नगरपालिका-१२ बस्ने वर्ष ६० का वीरेन्द्र पाण्डेको घटनास्थलमै मृत्यु भएको हो ।

चालक मकवानपुर पदमपोखरीका ३३ वर्षीय मोतीलाल सापाकोटा गम्भीर घाइते भएका छन् । गम्भीर घाइते सापकोटाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment