Comments Add Comment

उन्नार्इस संस्थानले नाफा कमाउने थाले, १६ वटा अझै घाटामा

२६ असार, काठमाडौं । आर्थिक वर्ष २०६९/०७० मा थप ३ वटा सरकारी संस्थानले नाफा कमाउन थालेका छन् । यस वर्ष सरकारी स्वामित्वमा रहेका ३७ वटा सार्वजनिक संस्थानहरुमध्ये १९ वटा संस्थानहरु नाफामा गएका छन् । अघिल्लो वर्ष १६ वटा संस्थानले मात्र नाफा कमाउन सफल भएका थिए भने २१ वटा संस्थान घाटामा रहेका थिए । अर्थमन्त्रालयले बिहीबार सार्वजनिक गरेकाे सार्वजनिक संस्थानकाे वार्षिक समिक्षामा यस वर्ष नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी र जनकपुर चुरोट कारखानाका कर्मचारीहरूलार्इ सरकारले सेवा-सुविधासहित अवकाश दिएपछि कुनै काराेबार भएकाे छैन ।

arthamantralaya3आर्थिक वर्ष २०६९/७० मा औद्योगिकतर्फ ७ वटा उद्योगहरुमध्ये ५ वटा उद्योगहरु नोक्सानीमा गएका भने एउटा उद्योगमात्र दुग्ध विकास संस्थान नाफामा गएको छ । जनकपुर चुरोट कारखानाले यस वर्ष  कुनै कारोबार गरेको छैन ।

त्यसैगरि, व्यापारिक क्षेत्रतर्फ ६ वटा संस्थानमध्ये ३ वटा संस्थानले नाफा कमाउन सफल भएका छन भने ३ वटा संस्थान घाटामा गएका छन् । नाफा कमाउनेहरुमा कृषि समाग्री केन्द्र, राष्ट्रिय विउ विजन कम्पनी, दि-टिम्बर कर्पोरेशन अफ नेपाल रहेका छन् ।

सेवा क्षेत्रतर्फ ७ संस्थानमध्ये ४ वटा संस्थान नाफामा गएका छन भने २ वटा घाटामा गएका छन् । नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवाले यस वर्ष कुनै कारोबार गरेको छैन् । समाजिक क्षेत्रतर्फका ५ वटा संस्थानमध्ये ४ वटा संस्थान घाटामा रहेका छन भने राष्ट्रिय आवास कम्पनीमात्र नाफामा रहेको देखिन्छ ।

जनोपयोगी क्षेत्रतर्फका ३ वटा संस्थानमध्ये २ घाटामा रहेका छन नेपाल दूर सञ्चार कम्पनी लिमिटेडमात्र नाफामा रहेको छ । वित्तीय क्षेत्रतर्फ १० वटै संस्थानहरु नाफामा गएका छन् ।

यस वर्ष २३ संस्थान नाफामा लैजाने लक्ष्य

चालु आर्थिक वर्षमा सरकारले २३ संस्थानलार्इ नाफामा लैजाने लक्ष्य राखेकाे छ । कुल ३७ संस्थानमध्ये ३ वटा संस्थानबाट कुनै काराेबार नहुने सार्वजनिक संस्थानकाे वार्षिक समिक्षामा उल्लेख गरिएकाे छ ।

सरकारले औद्योगिक क्षेत्रतर्फका ७ संस्थानहरुमध्ये २ वटा उद्योग नाफामा लैजाने लक्ष्य राखेको छ । जनकपुर चुरोट कारखाना र नेपाल औषधि लिमिटेडले भने कुनै कारोर गर्ने छैनन् । सरकारले जनकपुर चुरोट कारखानाका कर्मचारीहरुलाई सेवा सुविधा दिएर अवकाश गरिसकेको छ ।

व्यापारिक क्षेत्रतर्फ ६ वटामध्ये ४ वटा संस्थान नाफामा लैजाने सरकारको लक्ष्य रहेको छ । त्यस्तै, सेवा क्षेत्रतर्फ ७ मध्ये ४ वटा संस्थान नाफामा लैजाने, सामाजिकतर्फ ५ वटामध्ये २ वटा, जनोपयोगीतर्फ ३ वटामध्ये १ वटा र वित्तीय क्षेत्रतर्फ १० वटामध्ये सबै संस्थानहरु नाफामा चलाउने लक्ष्य राखिएको छ ।

कुन क्षेत्रमा कति नाफा घाटा ?

औद्योगिक क्षेत्रमा विगतमा ७ वटा संस्थानहरु सञ्चालनमा रहेकोमा जनकपुर चुरोट कारखानाले अहिले कुनै कारोबार गर्दैन । आर्थिक वर्ष २०६९/०७० मा यस क्षेत्रमा सञ्चालित संस्थानहरुले ५ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा १७.८३ प्रतिशतले बढी हो । यस अवधिमा औद्योगिक संस्थानहरुको खुद नोक्सानी अघिल्लो वर्षको तुलनामा ५४.९० प्रतिशतले घट्न गई ५६ करोड ९८ लाख पुग्न गएको छ ।

व्यापारिक क्षेत्रतर्फका संस्थानहरुले आव २०६९/०७० मा १ अर्ब २० अर्ब ३६ करोड ४७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेका छन् । यस क्षेत्रका संस्थानहरुको खुद नोक्सानी १ अर्ब ५५ करोड ३४ लाख रुपैयाँ मात्र रहेको देखिन्छ ।

सेवा क्षेत्रमा सञ्चालनमा रहेका संस्थानहरुले आव २०६९/०७० मा १० अर्ब ६८ करोड ६९ लाख रुपैयाँ सञ्चालन आम्दानी र १ अर्ब ४४ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन् । समाजिक क्षेत्रका संस्थानहरुले १८ करोड ५६ लाख रुपैयाँ नोक्सानी बेहोरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment