Comments Add Comment

हामीले धेरै मानिसलाई गलत सावित गरौं : एग्युरो

Aurgentina

स्ट्राइकर सर्जिओ एग्युरोले अर्जेन्टिनाले धेरै मानिसहरुले गलत सावित गरिदिएको बताएका छन् । नेदरल्याण्डलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिना २४ वर्षपछि विश्वकपको फाइनलमा पुगेको छ र अब उपाधिका लागि जर्मनीसँग खेल्नेछ ।

‘धेरै मानिसहरुले अर्जेन्टिना फाइनलमा पुग्छ भनेर सोचेका थिएनन्’ २६ वर्षीय एग्युरोले भनेका छन्-‘तर, हामीसँग कस्ता खेलाडी छन् हामीलाई थाहा छ । उनीहरु व्यक्तिगत रुपमा निकै राम्रा छन् ।’ उनले अघि भने-यसले ठूलो अर्थ राख्छ ।’

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि दुबै टोलीबाट गोल नभएपछि भएको टाइब्रेकरमा गोलकिपर रोमेलोले नेदरल्याण्डका दुई प्रहार रोकेपछि अर्जेन्टिनाले जित सुनिश्चित गरेको थियो । अर्जेन्टिनाका लिओनल मेस्सी र एग्युरोसहित चारै खेलाडीले गोल गरेका थिए ।

निर्णायक पेनाल्टी हानेका ३३ वर्षका म्याक्सी रोडि्रग्वेजले भने-‘हामीलाई पीडा थाहा थियो, जसलाई फालीदियौं र हामी खुसीका लागि हकदार बन्यौं ।’ विश्व च्याम्पियन बन्ने सपनाका साथ ब्राजिल आएको भन्दै उनले फाइनल भिडन्तको ९० मिनेट आफूहरुको पक्षमा आउने विश्वास व्यक्त गरे ।

अर्जेन्टिनाका प्रशिक्षक साबेलाले फाइनलमा पुग्दा आफ्ना खेलाडीहरु थाकेको बताए । केहीदिनको आरामपछि फाइनल खेल्ने भन्दै उनले भनेका छन्-‘हामी फाइनलमा पुग्यौं यो महत्वपूर्ण छ तर, अब हामीले कसरी लिन्छौं हेर्न बाँकी छ ।’ उनले जर्मनीविरुद्धको फाइनल भिडन्तलाई युद्वको संज्ञा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment