Comments Add Comment

सरकारले भन्यो -मूल्यवृद्धिमाथि नियन्त्रण गर्न सकिएन

२६ असार काठमाडौं । मुल्यवृद्धिले जनतालाई आक्रान्त बनाइरहेका बेला सरकारले लक्ष्यअनुसार मुल्यवृद्धि नियन्त्रण गर्न नसकिने बताएको छ ।

बिहीबार सार्वजानिक गरेको आर्थिक वर्ष २०७०/०७१ को आर्थिक सर्वेक्षणमा सरकारले मुल्यवृद्धि नियन्त्रणभन्दा बाहिर जाने अनुमान गरेको छ । मौदि्रक तरलतामा विस्तार भएको र आपूर्तिमा देखिएको व्यवधानका कारण मुल्यवृद्धिमाथि नियन्त्रण गर्न नसकिएको सरकारले बताएको हो ।

वर्षको सुरुवातमा सरकारले यो वर्ष मुल्यवृद्धि ८ प्रतिशतभन्दा माथि जान नदिने लक्ष्य राखेको थियो । चैत मसान्तसम्ममा मुल्यवृद्धि ८.९ प्रतिशत छ । आज सार्वजानिक गरिएको सर्वेक्षण्मा सरकारले यो वर्षको मुल्यवृद्धि ९ प्रतिशत हुने अनुमान गरेको छ ।

गत वर्ष आर्थिक वर्ष -२०६९/०७० मा मूल्य वृद्धि ९.९ प्रतिशत भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०६८/०६९ मा ८.३ प्रतिशत, आव २०६७/०६८ मा ९.५ प्रतिशत, आव २०६६/०६७ मा १०.१ प्रतिशत, २०६५/०६६मा ११.९ प्रतिशतले मुल्यवृद्धि भएको थियो । त्यसैगरी आव २०६४/०६५ मा ५.६ प्रतिशत र आव २०६३/०६४मा ४.५ प्रतिशत मुल्यवृद्धि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment