Comments Add Comment

यातायातका तीन शाखा अधिकृतलार्इ निलम्बन गर्न सिफारिस

२६ असार, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग अन्तर्गतको सवारी चालक अनुमती पत्र कार्यालय, एकान्तकुनाका तीन शाखा अधिकृतलार्इ निलम्बन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेको छ ।

घुस लिइ लाइसेन्स जारी गरेको तथा कम्प्युटर तथा विद्धुतिय अभिलेख लगायतका कागजात सच्याएको आरोपमा अख्तियारले शाखा अधिकृत दिपक रेग्मी, ईश्वर रेग्मी र कुल प्रसाद पराजुलीलार्इ निलम्बन गर्न भनेको हो ।

उनीहरू पदमा बिसरहँदा प्रमाण नष्ट गर्नुका साथै अनुसन्धानमा बाधा पुर्याउन सक्ने भएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १९ को उपदफा ३ बमोजिम निलम्बन गर्न भनिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment