Comments Add Comment

बाजुराका विद्यार्थीले अझै पुस्तक पाएनन्

२६ असार, बाजुरा । पढार्इ शुरू भएको दुई महिना बितिसक्दा पनि बाजुराका अधिकांश विद्यालयमा पाठ्यपुस्तकको अभाव भएको छ । पाठ्यपुस्तकको अभावमा विद्यार्थीले पढ्न पाएका छैनन् ।

विद्यालयले समयमै पुस्तक उपलब्ध गराउन नसक्दा विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ । पुस्तक सदरमुकाम मार्तडीकै विद्यालयमा पनि पुगेको छैन । पाठ्यपुस्तकको अभाव गाउँका विद्यालय बढी रहेको मार्तडीबासी सुरजबहादुर बडुवालले बताए ।

विद्यार्थी भर्नासँगै विद्यार्थीको हातमा पाठ्यपुस्तक दिने भनिए पनि अहिले पनि विद्यार्थीहरू खाली हात विद्यालय गइरहेक छन्। केही पुस्तक आए पनि धेरै विषयका पुस्तकहरू नपुगेको शिक्षकहरुले बताएका छन् ।

विद्यालयले शिक्षा कार्यालयबाट पुरा बजेट प्राप्त नभएकाले समस्या भएको जनाएका छन् । चैत पहिलो सातामै पुस्तक खरिदका लागि जिल्ला शिक्षा कार्यालयले प्रत्येक विद्यालयको खातामा रकम पठाइसकेको छ । ८० प्रतिशत रकम विद्यालयको खातामा पठाईसकेकोले रकम अभाव नभएको जिल्ला शिक्षा अधिकारी गोविन्द्रप्रसाद पोखरेलले बताए । विभागबाटै आधा रकम आएकोले समस्या भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment