Comments Add Comment

इजरायल र हमासबीचको युद्दबाट जोगिन नेपालीलाई आग्रह

२६ असार, काठमाडौं । गाजा क्षेत्रबाट इजरायली सहरमा रकेट लन्चर प्रहार गर्ने क्रम बढेपछि इजरायलस्थित नेपाली दूतावासले त्यहाँका नेपालीलाई सडकमा ननिस्कन अपिल गरेको छ ।

गाजा क्षेत्रबाट हमासले केही दिनयता इजरायली सहरहरुमा रकेट प्रहार गर्ने क्रम बढेपछि इजरायली डिफेन्स फोर्सले अपरेशन प्रोएक्टि इड्ज चलाएको जनाउँदै नेपाली दूतावासले त्यहाँस्थित नेपाली नागरिकलाई सुरक्षित स्थानमा बस्न भनेको हो । दूतावासले सूचना निकालेर अत्यन्त जरुरी काम पर्दा बाहेक अन्य अवस्थामा सडक, भिडभाड र सार्वजनिक स्थानमा ननिस्कन सर्तक गराएको हो ।

विशेष गरेर इजरायलको दक्षिणी क्षेत्रका सहरहरुमा रहेका नेपालीहरुले विशेष सुरक्षा सर्तकता अपनाउनुपर्ने दूतावासले सूचनामार्फत जनाएको छ । ‘दक्षिणी क्षेत्रमा बाहिर ननिस्कनु हुन, सकेसम्म सेल्टर नजिकै बस्नुहुन र दूतावासँग निरन्तर सम्पर्कमा रहनुहुन आग्रह गर्दछौं’, दूतावासको सूचनामा भनिएको छ, ‘साथीहरुसँग सम्पर्कमा रहँदै इजरायल सरकारले रेडियो तथा सञ्चारमाध्यमबाट जारी गरेका सूचनाअनुरुप कार्य गर्नुहुन र संयम भई धैयर्तापूर्व रहनुहुन अनुरोध छ ।’

दूतावासले सुरक्षासम्बन्धी जोखिम भएमा दूतावासमा सम्पर्क गर्न आग्रह गर्दै युद्दको बेला विशेष चनाखो रहन भनेको छ ।

युद्द चलेकाले जोगिएर बसेका छौं : नेपाली

इजरायलको तेलअभिभ रोजगारी गर्दै आएका प्रविण श्रेष्ठले गाजा क्षेत्रबाट निरन्तर भइरहेको आक्रमणका कारण त्यहाँस्थित नेपाली असुरक्षित भएपनि अहिलेसम्म मानवीय क्षति नभएको जानकारी दिए । ‘यहाँ गाजाक्षेत्रबाट निरन्तर रकेट आक्रमण भइरहेको छ’, श्रेष्ठले भने, ‘रकेटलाई इजरायली डिफेन्स फोर्सले आकाशमै निष्कृय गरिरहेकाले दुर्घटना हुन पाएको छैन, यहाँ युद्द चर्कने अवस्था छ ।’

इजरायलमै बस्दै आएकी भोजपुरकी कोयु इन्दिारले अहिलेसम्म कुनै समस्या नभएको बताएकी छन् । उनले भनिन्-‘अहिलेसम्म यहाँका नेपालीलाई कुनै समस्या छैन । यदि युद्द चर्कँदै गयो भनेचाँहि जोगिन गाह्रो पर्ने अवस्था छ ।’

Isreal-Amabassy-Notice

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment