Comments Add Comment

९९ दिनसम्म फेसबुक-उपवास !!

हामी धार्मिक आस्थाका आधारमा विभिन्न खाले उपवास बस्छौँ । हामीले खाना त्याग्न सक्छौँ, तर प्रविधि त्याग्न भने निकै मुस्किल बन्दै गएको छ । अझ फेसबुक जस्ता सोसल साइटको लत त यति धेरै बढिरहेको छ की पछिल्लो पुस्ता यसबाट अलग्गिनै नसक्ने भएको छ ।

९९ दिनसम्म कसैलाई फेसबुक नचलाइकन बस -फेसबुक उपवास) भन्यो भने के होला ? के तपाइँ मान्नुहुन्छ ? यो हामीले दिएको चुनौति होइन । नेदरल्याण्डको एक एजेन्सीले ९९ दिने फेसबुक उपवासको आव्हान गरेको छ ।

facebook

जस्ट नामक एजेन्सीले ९९ दिने स्वतन्त्रता को नाममा फेसबुक उपवासको आव्हान गरेको हो । मानिसहरु फेसबुक विना कत्तिको खुसी हुँदा रहेछन् भन्ने बुझ्नलाई उक्त गैरनाफामूलक संस्थाले फेसबुकबाट ९९ दिनसम्म अलग्गिने अभियान नै चलाएको हो । उसले फेसबुक प्रयोगकर्तालाई ९९ दिनसम्म फेसबुक नचलाउन आग्रह गरेको छ । यस्तो आग्रह सँगै संस्थाले आग्रह मान्ने प्रयोगकर्ताको सर्भेक्षण पन गर्नेछ । खुसी सूचक सर्भे ३३ औँ ६६औ र ९९ औँ दिनमा लिइनेछ ।

फेसबुकका अनुसार फेसबुक प्रयोगकर्ताले एक दिनमा औषतमा १७ मिनेट सोसल साइटमा बिताउँछ । यसलाई हिसाब गर्दा ९९ दिनमा २८ घण्टा हुन्छ । यसरी २८ घण्टाको उत्पादनमूलक समय केही सीप सिक्ने काममा प्रयोग गर्न सकियो भने निकै उत्तम हुने संस्थाको भनाइ छ ।

सस्थाका कला निर्देशक मर्जिन स्ट्राथोपका अुनसार मानिसहरुमा फेसबुकसँग निकै जटिल सम्बन्ध स्थापित भैसकेको छ । फेसबुकले पछिल्लो समय प्रयोगकर्ताको गोप्य मनोवैज्ञानिक अध्ययन गरेको विषयमा विवाद भएपछि यसका आलोचकहरुको संख्या निकै बढेको छ । आफुहरुको अभियानले फेसबुकबाट छुटि्टन चाहने अभियानकर्ता तथा व्यक्तिहरुलाई थप बल पुग्ने विश्वास स्ट्राथोपको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment