Comments Add Comment

इजरायलको आक्रमणमा गाजामा ८१ को मृत्यु

२६ असार, काठमाडौं । प्यालेस्टायनी स्वास्थ्य मन्त्रालयका अनुसार गाजा क्षेत्रमा इजरायलले गरेको हवाइ आक्रमणमा परी मृत्यु हुनेको संख्या ८१ पुगेको छ । ४५० जना घाइते भएका छन् । 

अधिकारीहरुका अनुसार सबैभन्दा घातक आक्रमण दक्षिणी गाजा पट्टीको खान युनुस सहरमा भएको थियो । इजरायली आक्रमणमा हमासका एक कार्यकर्ताको घर र समुन्द्र तटमा रहेको एक क्याफेमा समेत क्षति पुगेको छ । आक्रमणमा पाँच बच्चा र तीन महिलासहित १७ जनाको मृत्यु भएको छ ।

प्यालेस्टायनी संगठन हमास र इजरायलबीच रकेट आक्रमण जारी छ । राष्ट्रसंघले भने गाजाको चक्कुको धारमा रहेको भन्दै संघर्ष अन्त्य गर्न आहृवान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment