Comments Add Comment

विश्वकपमा तेस्रो स्थानको खेल अनुचितः नेदरल्याण्ड प्रशिक्षक

Louis-van-Gaal

नेदरल्याण्डका प्रशिक्षक लुइज भान गालले विश्वकपमा तेस्रो स्थानका लागि हुने खेल अनुचित भएको बताएका छन् ।

सेमिफाइनलमा अर्जेन्टिनासँग परजित भएको नेदरल्याण्डले तेस्रो स्थानका लागि घरेलु टोली ब्राजिलसँग खेल्नेछ । भान गालले भनेका छन्-यो खेल खेल्नु पर्दैन । यो कुरा मैले १० बर्ष अघि देखि भन्दै आएको छु कि यो अनुचित छ ।’

विश्वकपमा च्याम्पियन उपाधिको मात्र गणना हुने उनले बताए । सन् १९४३ बाट तेस्रो स्थानका लागि प्ले अफ खेलाउन सुरु गरिएको थियो, तर त्यसबेलाबाटै यसको आलोचना हुँदै आएको छ ।

भान गालले भनेका छन्-‘सबैभन्दा खराव कुरा के भने एउटै स्थानमा दुई पटक हार्ने खतरा हुन्छ र प्रतियोगितामा जस्तो राम्रो खेलपछि हरुवाको रुपमा घर फर्किनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment