Comments Add Comment

एयरपोर्टबाट होर्डिङ बोर्ड हटाइने

२७ असार, काठमाडौं । पटक-पटकको आग्रह बेवास्ता गरेपछि काठमाडौं महानगरपालिका आफैले त्रिभुवन विमानस्थलभित्र रहेका होर्डिङ बोर्ड हटाउने भएको छ।

विमानस्थल व्यवस्थापनले महानगरको आग्रह अटेर गरेपछि बल प्रयोग गरेर महानगरले बोर्ड हटाउन लागेको हो । अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटक आउने वित्तिकै अव्वयवस्थित होर्डिङ बोर्डले नराम्रो छाप पारेको महानगरको निष्कर्ष छ। आजको नागरिक दैनिकले समाचार छापेको छ ।

‘विदेशका पर्यटक काठमाडौं आउनेवित्तिकै यहाँका मौलिक कुरामा आँखा लगाउन खोज्छन्,’ महानगरपालिका राजश्व महाशाखा प्रमुख महेश काफ्लेले भने, ‘ तर होर्डिङ बोर्डमा विदेशी ब्राण्डका विज्ञापन गरिएको छ। अर्को कुरा एयरपोर्टमा यस्ता बोर्डले शोभा दिँदैन।’

मुख्य सचिव लीलामणि पौडेलको अध्यक्षतामा रहेको केन्द्रीय अनुगमन तथा मुल्याङ्कन समितिको ३२ औं बैठकले एयरपोर्टको होर्डिङ बोर्ड हटाउन निर्देशन दिइसकेको काफ्लेले जानकारी दिए। महानगरले केही दिन अघि गरेको स्थलगत अध्ययन अनुसार ६ वटा ठूला र १२ भन्दा बढी पोलमा टाँगिएका विज्ञापन सामग्री छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment