Comments Add Comment

एमाले मतदानको समय फेरि एक घण्टा सर्‍यो

UML-election

२७ असार, काठमाडौं । नेकपा एमालेको नवौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदान फेरि सरेको छ ।

भृकुटीमण्डपमा विहान ८ बजेबाट सुरु हुने भनिएको मतदान तेस्रो पटक सरेको छ । मतदानको विहान ८ बाट ११ र ३ बजे हुँदै अब चार बजे तोकिएको छ । मतपत्र पछाइमा भएको ढिलाइले मतदान सरेको निर्वाचन आयोगले जनाएको छ ।

मतदानका लागि पदाधिकारी र अन्य गरी दुई बटा मत पेटिका बनाइएको छ । पदाधिकारी, खुला, समावेशी र बैकल्पिक केन्द्रीय सदस्य, अनुशासन अयोग र लेखा गरी ६ बटा मत पत्रमा मतदान गर्नु पर्नेछ । २ हजार १७६ प्रतिनिधिले मतदान गर्नेछन् । माधवकुमार नेपाल र केपी शर्मा ओली दुबै पक्षले प्यानल नै बनाएर चुनाव लडेका छन् ।

मतदान स्थलमा अध्यक्षका प्रत्यासीद्वय नेपाल र ओली पक्षका कार्यकर्ता पर्चा, पोष्टर र उम्मेदवार सहित नाराबाजी गरिरहेका छन् । निर्वाचन आचारसंहिताको दुवै पक्षले धज्जी उडाएका छन् । पार्टीको आन्तरिक प्रतिस्पर्धा भए पनि माहौल भने दुई दलबीचको प्रतिस्पर्धाको जस्तो छ ।

अनावश्यक मान्छेलाई खाना खुवाएको गुनासो

अन्य तयारी पूरा भएपनि मतपत्र छपाई भएको ढिलाइ मतदान प्रक्रिया पछि सरेको निर्वाचन आयोगले जनाएको छ । मतदान ढिला भएपछि प्रतिनिधिहरुलाई खाना खान आयोगले समय दिएको छ । तर खाना खाने नाममा अनावश्यक मान्छेभित्र राखेर चलखेल गरेको भन्दै अध्यक्षका उम्मेदवार माधव नेपालले आपत्ति जनाएका छन् । उनले खाद्य उपसमितिका संयोजक मुकुन्द न्यौपानेलाई खाना बन्द गरी सबैलाई बाहिर निकाल्न आग्रह गरेका थिए ।

१५ पदाधिकारीसहित एक सय ५९ सदस्यीय कार्यसमिति चयनका लागि निर्वाचन हुन लागेको एमाले महाधिवेशनमा दुई सय पदका लागि ४ सय १५ जना उम्मेदवार छन् । एमालेको नयाँ नेतृत्वका लागि बरिष्ठ नेता माधबकुमार नेपाल र केपी ओलीले प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् । एमालेको महाधिवेशनमा सहभागी २ हजार १ सय ७६ जना प्रतिनिधिले मतदान गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment