Comments Add Comment

नेयमारको कामना-मेस्सीले विश्वकप जितोस्

Neymar

ब्राजिलियन सुपरस्टार नेयमारले विश्वकप फुटबलको ट्रफी लिओनल मेस्सीले जितोस् भनेका छन् । कोलम्बियाविरुद्धको क्वाटरफाइनलका क्रममा ढाडको एउटा हड्डी भाँचिएका कारण विश्पकप गुमाएका नेयमार निकै भावुक रुपमा पत्रकारहरु सामू उपस्थित भएका छन् ।

नेयमारले बार्सिलोनाका टिममेट लिओनल मेस्सीले विश्वकप जितोस् भन्ने कामना गरकेा छन् । उनले भने-मेस्सीको इतिहास खेलका लागि महत्वपूर्ण छ । उनले लगभग सबै जितिसके । मलाई लाग्छ उनी च्याम्पियन हुन लायक छन् । म उनी च्यम्पियन होस् भनेर कामना गरिरहेको छु ।’ यद्यपि उनले आफूले अर्जेन्टिनाका लागि नभइ बार्सिलोना टिममेट मेस्सीका लागि कामना गरेको बताए ।

कोलम्बियाविरुद्धको खेलका क्रममा आफू घाइते भएको क्षणको कुरा गर्दा नेयमार निकै भावुक भए । उनको आँखा रसाएका थिए र पटक-पटक हातले आँसु पुछिरहे ।

कोलम्बियाका डिफेण्डिर जुनियाले ढाडमा घुँडाले हानेपछि उनको मेरुदण्डको एउटा हड्डी भाँचिएको थियो । भगवानले आफूलाई आर्शिवाद दिएको भन्दै नेयमारले भने-यो दुई सेन्टिमटरमाथि भएको भए म अहिले हृवील चेयरमा हुन्थेँ ।’

घटनापछि जुनियाले आफूसँग माफी मागेको भन्दै नेयमारले आफूले उनलाई घृणा नगर्ने बताए । उनले भने-उनले मलाई पीडा दिन चाहेको थियो भने मलाई थाहा छैन । तर, यदि तपाई फुटबल बुझ्नुहुन्छ भने यो सामान्य ट्याकल थिएन ।’

उनी केही निको भएका छन् र ब्राजिलको अभ्यासमा पुगेका छन् । जहाँ प्रशिक्षक लुइस फिलिप स्कोलारीले उनलाई अंकमाल गरे । स्कोलारी निकै भावुक देखिएका थिए । नेयमार ब्राजिलले तेस्रो स्थानका लागि नेदरल्याण्डसँग खेल्दा टोलीको हौसला बढाउन मैदानमै जाने तयारीमा छन् ।

आफू घाइते भएको र ब्राजिलले सेमिफाइनलमा जर्मनीसँग ७-१ को हार व्यहोरको सातालाई उनले जीवनकै खराव साता भनेका छन् । जे भयो त्यसलाई कसरी भन्ने भन्दै उनले यो समूह (ब्राजिलको टोली) का लागि अनुचित छ भनेका छन् ।

हार फुटबलको एउटा अंश भएको भन्दै नेयमारले भने-हामीले गुमाउन सक्छौं । तर, यसरी होइन । यो अविश्वसनीय र अस्वीकार्य छ ।’ उनले अघि भने-हमीले हाम्रो शिर झुकाउन पर्दैन । यसले हामीलाई लामो समय पीडा त दिन्छ तर, राम्रो दिन पनि आउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment