Comments Add Comment

नहरमा डुबेर बालकको मृत्यु

२७ असार, दमक । झापामा कन्काई नहरमा डुबेर एक बालकको ज्यान गएको छ । गर्मी छल्न नहरको पानीमा पौडी खेल्ने क्रममा झापा शिवगन्ज-४ का ८ वर्षीय प्रदीप सुन्दासको डुवेर ज्यान गएको हो ।

बिहीबार अपरान्ह उनी साथीसँग पौडी खेल्न नहरमा हामफालेका थिए । शिवगन्ज-२ को कन्काई मूल नहरमा पस्ने बित्तिकै नहरकै साइफनमा अड्किएर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय शिवगन्जले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment