Comments Add Comment

फाइनलमा ब्राजिलको समर्थन अर्जेन्टिना कि जर्मनीलाई ?

Brazil-Fan

ब्राजिल र अर्जेन्टिना दक्षिण अमेरिकी फुटबलका महारथी मात्र होइनन्, चिरप्रतिद्वन्द्वी पनि हुन् । ब्राजिल घरेलु मैदानमा भएको विश्वकपमा सेमिफाइनलबाटै बाहिरिएको छ भने अर्जेन्टिना ब्राजिली भूमिमा उपाधि नजिक पुगेको छ ।

जहाँ ब्राजिलियन समर्थकहरु ठूलो धर्मसंकटमा हुनेछन् । अर्जेन्टिनालाई समर्थन गरौं, फुटबलको चिरप्रतिद्वन्द्वी हो । जर्मनीलाई समर्थन गरौं भने सेमिफाइनलमा त्यही टोलीले घरेलु टोलीलाई इतिहासकै लज्जास्पद हार चखाएको छ ।

जर्मनीले भने दुई दक्षिण अमेरिकी देश अर्जेन्टिना र ब्राजिलको कटुतालाई संकेत गर्दै फाइनलमा आफ्नो टिमलाई समर्थन गर्न घरेलु दर्शकलाई आहृवान गरेको छ ।

जर्मन डिफेण्डर बेनेडिक्ट होविडसले भनेका छन्-‘हामी सबैले ब्राजिलियनहरुबाट समर्थनको अपेक्षा गरेका छौं । मलाई लाग्छ ब्राजिलियनहरुले हामीसँग खुसी मनाउनु एउटा सुन्दर संकेत हुनेछ । यो निकै शानदार हुनेछ ।’

ब्राजिलका स्टार नेयमारले भने लिओनल मेस्सीले उपाधि जितोस भनेर कामना गरेका छन् । मेस्सी र नेयमार बार्सिलोनाका टिममेट हुन् । त्यसैले नेयमारले आफ्नो समर्थन अर्जेन्टिनाका लागि नभए मेस्सीका लागि भएको बताएका छन् ।

विश्वकपको फाइनल भिडन्त सोमबार विहान १२:४५ मा रियो दि जेनेरियोमा हुनेछ, जुन खेल हेर्न ७७ हजार बढी दर्शक माराकाना रंगशालामा पुग्नेछन् । लाखौं फुटबल प्रेमीले विश्वभर टेलिभिजनबाट पनि हेर्नछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment