Comments Add Comment

ओली गुटमा लागे बद्री पंगेनी

२७ असार, काठमाडौँ । गत संविधानसभाको चुनावमा पार्टी प्रवेश गर्ने कालाकारको होडबाजी नै चलेको थियो । भुवन केसी एमालेमा, रेखा थापा एमाओवादी र नीर शाह कांग्रेसमा प्रवेश गरेका थिए । अहिले यी सबै कलाकारहरु राजनीतिमा सक्रिया देखिएका छ्रैनन् । तर, एमालेको महाधिवशेनका बेला कसैलाई नलागेको राजनीति गायक बद्री पंगेनीलाई लागेको छ ।badri-pangeni-288x255

पंगेनीलाई एमाले मात्र भएर पनि पुगेन, उनी केपी ओलीलाई जिताउने अभियानमै गीत गाएर खटिएका छन् । केपी ओलीले बद्री पंगेनीको गीत सुनेर लठ्ठिएकोबताएका छन् । तीन दिनअघि प्रज्ञा प्रतिष्ठानमा पंगेनीले गीत गाउँदा प्रत्यक्ष सुनेका ओलीले मञ्चबाटै भने- ‘म त बोल्ने कुरो पनि झण्डै बिर्सिएर बद्री पंगेनीको गीतले लठ्ठिएको थिएँ ।’

पंगेनीले ओलीलाई लठ्याउने गरी गाएको भक्ति रसको गीतको बोल यस्तो थियो-

‘जनताको बोली हो, अध्यक्ष त केपी ओली हो
अघि बढ केपी ओली हामी साथ दिन्छौं ।
अघि बढ केपी ओली युवा साथ दिन्छाैँ ।
नयाँ नेपाल बनेपछि बल्ल विश्राम लिन्छौं ।’

मनपर्ने माधव, जिताउनुपर्ने ओली

पंगेनीले ओली पक्षको कार्यक्रममा गीतमात्रै गाएनन्, संक्षिप्त भाषण पनि ठोके । ‘यहाँहरु सबैलाई मेरो हार्दिक लाल सलाम छ । सबैलाई नमस्कार । मलाई के अचम्म लागिराखेको छ भने चुनाव केपी ओलीले जित्नुहुन्छ भनेर भाषण गरेको मलाई मन परेन,’ पंगेनीले भने- ‘चुनाव त उहाँले जितिसक्नु भो । चुनाव गरेर हैन, सर्वसहमतिबाटै कामरेड केपी ओली अध्यक्ष बन्दै हुनुहुन्छ ।’

पंगेनीले आफूलाई माधव नेपाल असाध्यै मन पर्ने र नेपालले पनि ओलीले भन्दा आफूलाई बढी माया गर्ने बताए । तर, पनि अध्यक्षमा चाँहि ओलीले जित्नुपर्ने उनले तर्क गरे । ‘कथंकदाचित माधव नेपाल अध्यक्षमा उठ्नुभो भने म फेरि पनि भन्छु माधव नेपाल मलाई असाध्यै मनपर्ने नेता । मलाई सबैभन्दा बढी माया गर्ने नेता पनि माधव नेपाल नै हो, केपी ओली भन्दा पनि,’ पंगेनीले भने- ‘तर, फेरि पनि म आत्मालाई साक्षी राखेर भन्छु, केपी ओलीले चुनाव जित्नुपर्छ, केपी ओलीलाई जिताउनुपर्छ ।’

जनताका कलाकारहरु पार्टीमा लागेर एकपक्षीय बनेको गुनासो आइरहेका बेला पार्टीभन्दा पनि साँघुरो गुटको दौडमा लाग्ने कलाकारका रुपमा पंगेनी पहिलो हुने त होइनन् ? तर, पंगेन ओलीतिर लागे पनि उनले माधव नेपालका बारेमा गाएको पुरानो गीतको क्यासेट भने अझै पनि नेपाल पक्षले घन्काइरहेको छ ।
कलाकार पंगेनीले ओली पक्षलाई भाषण गरेर नबस्न र महाधिवशेनमा भोट माग्न हिँड्न सचेत समेत गराएका थिए ।

‘म केपी ओलीलगायतका नेताहरुलाई के आग्रह गर्न चाहन्छु भने यहाँ गीत गाइराख्न जरुरी छैन ।यहाँ भएका मान्छे तपाईकै पक्षका कार्यकर्ता हुन्,’ पंगेनीले एकेडेमीमा आयोजित ओली पक्षको कार्यक्रममा भने- ‘त्यसैले चाँडै उता अन्त कतै जाँदा राम्रो हुन्छ भन्ने मलाई लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment